घोराही-तुलसीपुर चारलेन सडक मर्मत सुरु « Khabarhub

घोराही-तुलसीपुर चारलेन सडक मर्मत सुरु


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन् । 

‘पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ’, उनले भने, ‘अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ ।’ हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरु गरिने  हुने प्रमुख अधिकारीको भनाइ थियो । घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एउटा निर्माण कम्पनीले र  तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएको छ । 

घोराही क्षेत्रमा रु एक करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रमा एक करोड १६ लाख ९६ हजार लागतमा ठेक्का लगाइएको हो । घोराही-तुलसीपुर चार लेन सडक मर्मतका लागि रु तीन करोड बजेट विनियोजन  गरिएको थियो । चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो । 

यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण सुरु गरिएकामा पाँच वर्षसम्म पनि निर्माणले पूर्णता पाउनाको साटो सडक भातुभुङ्ग हुँदा दुर्घटना बढेको थियो । सडकको बीच बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले विरोध गरेकाले सरकार ठेक्का तोड्न बाध्य भएको हो । 

ठेक्का तोडिएसँगै रु तीन करोडको लागतमा सडक मर्मत गर्ने कार्य गरिने  प्रमुख अधिकारीले बताए । ‘चारलेन सडक निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो’,उनले भने । असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ । वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उनले बताएका छन् । सडक मर्मत सुरु भएपछि यात्रु भने खुसी भएका छन् ।’सडकमा खाल्डाखुल्डीले वर्षाको समयमा झनै समस्या बनाएको छ’, तुलसीपुर– ५ निवासी मोटरसाइकल चालक विजय नेपालले भने,’पहिलेकै सडक मर्मत भए धेरै सहज हुन्थ्यो ।’ 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १२ : ३८ बजे

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै

ठेक्का रकम समायोजन वा म्याद थप गर्न निर्माण व्यवसायीको माग

काठमाडौं– कोशी प्रदेशका निर्माण व्यवसायीहरूले ठेक्का रकम समायोजन वा म्याद

कर्मचारी पँजनीमै गुज्रियो स्वास्थ्यमन्त्री मेहताको एक महिना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या