लुम्बिनी प्रदेशसभा बैठक स्थगित « Khabarhub

लुम्बिनी प्रदेशसभा बैठक स्थगित


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

आज दिउँसो बस्ने गरी बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको जानकारी गराइएको छ ।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सभामुखको निर्देशन अनुसार अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको सूचनामार्फत जनाएका छन् । 

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

मंगलबार बस्ने बैठकमा सोही विधेयकमाथिको छलफल अघि बढ्ने सम्भावना रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १२ : ३८ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ