डेङ्गु रोग खोज तथा नष्ट अभियान सुरु « Khabarhub

डेङ्गु रोग खोज तथा नष्ट अभियान सुरु


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिकाले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि डेङ्गु रोग खोज तथा नष्ट अभियान सुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान थालेको हो । 

रोगको महामारी फैलिनु अगाडि नै यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखामार्फत डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी अभियान थालेको नगर प्रमुख जीवन खत्रीले बताए ।

नगर प्रमुख खत्रीले नगरपालिकाले तयार गरेको मनसुन पूर्व तयारी योजना अनुरूप डेङ्गु रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमा विभिन्न गतिविधिसहितको अभियान सुरु भएको बताए । आफ्नो नगरक्षेत्रमा डेङ्गु रोग फैलिन नदिन समयमै सचेतना अपनाउँदै नगरस्तरीय द्रुत प्रतिकार्य टोली गठन भई वडास्तरीय विपद् व्यवस्थापन समितिमार्फत प्रतिकार्य टोली गठन गरी डेङ्गु रोकथाम तथा नियन्त्रणका गतिविधि सञ्चालन गर्न प्रत्येक वडा कार्यालयलाई निर्देशनसमेत दिइएको उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, सामुदायिक भवनबाट डेङ्गु रोग रोकथाम तथा नियन्त्रणको मुख्य तरिका खोज तथा नष्ट अभियान सुरु गरेको बताए। उनले सबै समुदायमा रोगसम्बन्धी जनचेतना फैलाइ समुदायको सहभागितामा रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गरिने बताए । 

उनले विद्यालयस्तर एवं समुदायस्तरमा पूर्व तयारीका गतिविधि सञ्चालनका लागि शाखागत आवश्यक समन्वय गरी द्रुतगतिमा डेङ्गु नियन्त्रण कार्य अगाडि बढाउने अभियान थालेको बताए । स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले डेङ्गु रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरी नगरस्तरीय अभिभुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको बताए ।

नगरपालिकाले डेङ्गु रोकथाम र नियन्त्रणका लागि तयार गरेको योजना अनुरूप वडास्तरमा अभिमुखीकरण, द्रुत प्रतिकार्य समितिको गठन, स्थानीय रेडक्रसलगायत महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सङ्घ संस्था एवं विद्यालयको     सहभागिता रहने छ । सोअनुसार घरधुरी सर्वेक्षण गरी घर–घरमा पर्चा वितरण र नगर क्षेत्रमा माइकिङ गर्ने, सबै वडामा डेङ्गु नियन्त्रण, रोकथाम गर्न खोज र नष्ट अभियान सञ्चालन गर्ने, सबै स्वास्थ्य संस्थालाई डेङ्गुको सम्भावित जाँचका लागि तयारी अवस्थामा राख्ने जस्ता कार्य सुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ३ : १३ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस