डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयद्वारा गृह मन्त्रालयसमक्ष सिफारिस « Khabarhub

डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयद्वारा गृह मन्त्रालयसमक्ष सिफारिस


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका पूर्वप्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।

आन्तरिक छानबिनमा डीएसपी केसीले गम्भीर आचरण उल्लंघन गरेको पाइएपछि उनलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

बुटवलस्थित डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, साढे ८ लाख रुपैयाँ नगद लगायत बरामद गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न सिफारिस गरेपनि यसबारे गृह मन्त्रालयले कुनै निर्णय गरेको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ३ : ४० बजे

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी– पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी