पर्वतमा ९० साना सिँचाइ आयोजना सम्पन्न « Khabarhub

पर्वतमा ९० साना सिँचाइ आयोजना सम्पन्न


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा गत आर्थिक वर्ष २०७९-८० मा ९० साना सिँचाइका योजना सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रमार्फत जिल्लाका विभिन्न क्षेत्रमा सिँचाइका लागि ३० तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन इकाई कार्यालयअन्तर्गत ६० साना सिँचाइका योजना निर्माण गरिएका हुन् । 

सिँचाइको सुविधा नपुगेका सीमान्तकृत बस्तीमा प्रतियोजना  दुई लाखका दरले निर्माण गरिएका हुन् । यसअन्तर्गत कुला, सिमेन्टका पोखरी, प्लास्टिक पोखरी, ट्यांकी, बोरिङ, पाइप विस्तार, इनार, साना बाँधलगायतका मर्मत सम्भारका साथै सिँचाइ पूर्वाधार निर्माण गरिएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिए । 

 सहकारी, फार्म, किसान समूहको माग र भौगोलिक विकटता तथा आवश्यकताको आधारमा प्राथमिकता दिएर आयोजनाको छनोट गरिएको हो । धान जोन कार्यान्वयन इकाइका निमित्त प्रमुख सुजित पौडेलले चालु आर्थिक वर्षमा दुई कार्यालयमार्फत रु एक करोड ८० लाखको लागतमा ९० योजना सम्पन्न भएर यसै वर्षदेखि किसानले सिँचाइको सुविधा उपभोग गर्न पाएका बताए।  गत आवमा सम्पन्न साना सिँचाइ आयोजनाबाट करिब एक हजार दुई सय १० रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच विस्तार भएको उनको भनाइ छ । 

‘स–साना बस्ती, फाँट, तरकारी फार्म र किसान समूहका लागि यस्ता योजना उपयोगी छन्’, पौडेलले भने । 

पहिला खोला खोल्साबाट कुलो बनाएर तरकारी र खेतमा सिँचाइ गर्ने गरेकोमा साना सिँचाइ आयोजनाले थप सहज भएको किसानले बताएका छन् । पानीको स्रोत नभएका राजमार्गको नाली उपयोग गरेर सिँचाइ गर्ने कतिपय बर्खे खोला खोल्सीको पानी सदुपयोग गर्न पनि साना सिँचाइ आयोजना प्रभावकारी देखिएका छन् । 

साना सिँचाइ आयोजनाबाट किसानलाई धान रोप्न, धानको बीउ राख्न र तरकारी खेतीमा सिँचाइ गर्न गर्न सजिलो भएको छ । पर्वतको नौ हजार ५० हेक्टर धानखेती हुने जमिनमध्ये झण्डै ६ हजार चार सय २० हेक्टरमा स्थायी सिँचाइ सुविधा पुगेको छ ।  

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ५१ बजे

सरकारका प्रवक्ता भन्छन् : रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन

काठमाडौं- सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्न लागेको

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र व्यवस्थापनमा ध्यान दिन आग्रह

काठमाडौं– आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल

काठमाडौं- सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त 

सडक असहज : सेवाग्राहीलाई समस्या

मुस्ताङ– जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने