स्पेन निर्वाचन : पपुलर पार्टी विजयी, सरकार गठनका लागि आवश्यक बहुमत अपुग | Khabarhub Khabarhub

स्पेन निर्वाचन : पपुलर पार्टी विजयी, सरकार गठनका लागि आवश्यक बहुमत अपुग


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मड्रिड- स्पेनमा आइतबार सम्पन्न निर्वाचनको मतगणना करिब पूरा भएको छ । स्पेनी भाषाको दैनिक अखबार एल पाइसका अनुसार मतगणना लगभग पूरा भएको अवस्थामा निर्वाचनमा मध्य–दक्षिणपन्थी पपुलर पार्टी (पीपी) सबैभन्दा धेरै सीटमा विजयी भएको छ ।

निर्वाचनमा पीपीले सबैभन्दा बढी सीट प्राप्त गरेको छ भने सत्ताधारी सोशलिस्ट पार्टी (पीएसओई) ले सर्वेक्षणले अनुमान गरेभन्दा राम्रो प्रदर्शनसहित दोस्रो धेरै मत पाउन सफल भएको छ । विजयका बावजुद पनि दक्षिणपन्थी समूह सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत ल्याउन सकेन ।

त्यसैले अवको सरकार गठन प्रक्रिया कठिन भएको छ । पीपी र अति दक्षिणपन्थी भोक्सले संयुक्त रूपमा १६९ सिट प्राप्त गरेका छन् भने पीएसओई र सुमार (१५ साना वामपन्थी पार्टीहरूको समूह) ले संयुक्त रूपमा १५३ सिट प्राप्त गरेका छन् । माथिल्लो सदनका २६५ सिटमध्ये २०८ सिटका साथै संसदको तल्लो सदनका सबै ३५० सिटका लागि निर्वाचन भएको हो ।

कङ्ग्रेस अफ डेपुटीज (तल्लो सदन) को कूल ३५० मध्य पूर्ण बहुमत १७६ सिट आवश्यक भएपनि १३६ सिटका साथ पीपी अगाडि छ भने पीएसओई १२२ सिटका साथ दोस्रो स्थानमा छ ।

भोक्सले ३३ र सुमारले ३१ अंक प्राप्त गरेका छन् । एल पाइसका अनुसार बाँकी सिटहरू क्याटालोनिया र बास्क क्षेत्रका केही साना क्षेत्रीय पार्टीहरूले जितेका छन् । यसैबीच, प्रधानमन्त्री पेड्रो सान्चेजले त्रिशंकु संसद् र पिपुल्स पार्टीले सबैभन्दा बढी सिट जितेपनि करिब ९९ प्रतिशत मत गणना गर्दा वाम गठबन्धनले जित हासिल गरेको दाबी गरेका छन् ।

“हामीले चार वर्षअघिको तुलनामा धेरै मत, धेरै सिट र उच्च प्रतिशत जित हासिल गरेका छौं,” सान्चेजले समर्थकलाई निर्वाचन परिणामबारे सान्त्वना दिँदै भने । गृह मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा आइतबार सम्पन्न निर्वाचनमा चार प्रतिशत बढी अङ्क अर्थात् ७०.३३ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ५३ बजे

साउदी प्रो लिग : अल हिलाललाई उपाधि

काठमाडौं– साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ ।

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले

सहयोगीलाई रुष्ट बनाउँदै इजरायल

सन् २०२४ को अन्त्यमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ। सो

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि