स्पेन निर्वाचन : पपुलर पार्टी विजयी, सरकार गठनका लागि आवश्यक बहुमत अपुग « Khabarhub

स्पेन निर्वाचन : पपुलर पार्टी विजयी, सरकार गठनका लागि आवश्यक बहुमत अपुग


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मड्रिड- स्पेनमा आइतबार सम्पन्न निर्वाचनको मतगणना करिब पूरा भएको छ । स्पेनी भाषाको दैनिक अखबार एल पाइसका अनुसार मतगणना लगभग पूरा भएको अवस्थामा निर्वाचनमा मध्य–दक्षिणपन्थी पपुलर पार्टी (पीपी) सबैभन्दा धेरै सीटमा विजयी भएको छ ।

निर्वाचनमा पीपीले सबैभन्दा बढी सीट प्राप्त गरेको छ भने सत्ताधारी सोशलिस्ट पार्टी (पीएसओई) ले सर्वेक्षणले अनुमान गरेभन्दा राम्रो प्रदर्शनसहित दोस्रो धेरै मत पाउन सफल भएको छ । विजयका बावजुद पनि दक्षिणपन्थी समूह सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत ल्याउन सकेन ।

त्यसैले अवको सरकार गठन प्रक्रिया कठिन भएको छ । पीपी र अति दक्षिणपन्थी भोक्सले संयुक्त रूपमा १६९ सिट प्राप्त गरेका छन् भने पीएसओई र सुमार (१५ साना वामपन्थी पार्टीहरूको समूह) ले संयुक्त रूपमा १५३ सिट प्राप्त गरेका छन् । माथिल्लो सदनका २६५ सिटमध्ये २०८ सिटका साथै संसदको तल्लो सदनका सबै ३५० सिटका लागि निर्वाचन भएको हो ।

कङ्ग्रेस अफ डेपुटीज (तल्लो सदन) को कूल ३५० मध्य पूर्ण बहुमत १७६ सिट आवश्यक भएपनि १३६ सिटका साथ पीपी अगाडि छ भने पीएसओई १२२ सिटका साथ दोस्रो स्थानमा छ ।

भोक्सले ३३ र सुमारले ३१ अंक प्राप्त गरेका छन् । एल पाइसका अनुसार बाँकी सिटहरू क्याटालोनिया र बास्क क्षेत्रका केही साना क्षेत्रीय पार्टीहरूले जितेका छन् । यसैबीच, प्रधानमन्त्री पेड्रो सान्चेजले त्रिशंकु संसद् र पिपुल्स पार्टीले सबैभन्दा बढी सिट जितेपनि करिब ९९ प्रतिशत मत गणना गर्दा वाम गठबन्धनले जित हासिल गरेको दाबी गरेका छन् ।

“हामीले चार वर्षअघिको तुलनामा धेरै मत, धेरै सिट र उच्च प्रतिशत जित हासिल गरेका छौं,” सान्चेजले समर्थकलाई निर्वाचन परिणामबारे सान्त्वना दिँदै भने । गृह मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा आइतबार सम्पन्न निर्वाचनमा चार प्रतिशत बढी अङ्क अर्थात् ७०.३३ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ५३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर