अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ « Khabarhub

अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लम्जुङको दोर्दी गाउँपालिका वडा नं.१ भार्ते घर भई हाल काठमाडौँको बनस्थली ढुंगेधारा बस्ने २८ वर्षीय को सुजन अधिकारी रहेका छन् ।

उनले नुमा के.सीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै उनीबाट पटकपटक गरी बीस लाख  रुपैयाँ  रकम लिई सम्पर्कविहीन भएका थिए ।

 प्रहरी टोलीले अधिकारीको खोजतलास गर्ने क्रममा आज  काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ५ : ४९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी