विश्वको दोस्रो ठूलो अर्थतन्त्र अन्तर्राष्ट्रिय समुदायमाझ एक्लिने क्रममा « Khabarhub

विश्वको दोस्रो ठूलो अर्थतन्त्र अन्तर्राष्ट्रिय समुदायमाझ एक्लिने क्रममा


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अन्तर्राष्ट्रिय समुदायमाझ विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन आर्थिक रुपमा एक्लिँदै गएको पाइएको छ । कोरोना महामारीपछि पछिल्लो समय चिनियाँ अर्थतन्त्र सुधार हुने क्रममा रहेपनि अपेक्षाअनुसार चीनले आर्थिक वृद्धि हासिल गर्न सकेको छैन ।

यस वर्षको जनवरीदेखि मे महिनासम्म चीनको आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशतले घटेर १० खर्ब डलरको आसपास पुगेको छ ।

त्यसैगरी यस वर्षको जुन महिनामा चीनको निर्यात पनि अघिल्लो वर्षको तुलनामा १२.४ प्रतिशतले घटेको छ । त्यस्तै, चीनको आन्तरिक कूल ग्राहस्थ उत्पादन पनि अप्रिलदेखि जुन महिनाको अवधिमा ६.३ प्रतिशतले मात्रै वृद्धि भएको छ, जुन अपेक्षित ७ प्रतिशतभन्दा कम हो ।

पश्चिमा मुलुकमध्ये अमेरिकातर्फ चिनियाँ निर्यात पनि अघिल्लो वर्षको तुलनामा १८.२ प्रतिशतले घटेर ४२ अर्ब ५० करोड डलरमा खुम्चेको छ । त्यस्तै, चीनमा अमेरिकी वस्तु तथा सेवाको आयात ९.९ प्रतिशतले घटेर १४ अर्ब ३० करोड डलरमा सीमित भएको छ ।

युरोपेली बजारमा चीनको अवस्थालाई हेर्दा पनि उस्तै तस्वीर देखा पर्छ । यही वर्षको मे महिनामा २७ मुलुक सम्मिलित युरोपेली युनियन ईयूबाट चीनतर्फ हुँदै आएको आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा ३८.६ प्रतिशतले घटेर २४ अबै ५० करोड डलरमा सीमित भएको छ ।

त्यसैगरी चीनबाट युरोपेली बजारतर्फ हुने निर्यात पनि २६.६ प्रतिशतले घटेर ४४ अर्ब ६० करोड डलरमा झरेको छ । घट्दो आयातले चीनको आन्तरिक बजारमा माग पनि घटिरहेको प्रतित हुन्छ । घट्दो व्यापारले चीनको अर्थतन्त्रलाई नै प्रभावित बनाइरहेको छ ।

युवाहरुमाझ बढ्दो बेरोजगारी समस्याले चीनको अर्थतन्त्रलाई अझ कमजोर बनाएको छ । अप्रिल महिनामा सरकारले गरेको सर्वेक्षणमा सहरमा बस्ने हरेक ५ मध्ये एक युवा बेरोजगार रहेको पाइएको थियो ।

मानिसहरुले खुद्रा वस्तुमा गर्ने खर्चमा पनि गिरावट आएको छ । अक्सफोर्ड अर्थशास्त्रका लोयड चानका अनुसार चीनको निर्यातमा सुधार हुने संकत देखिएको छैन ।

चीन सरकारले वर्ष २०२३ मा ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकोमा त्यो पूरा हुने संकेत देखिएको छैन । वर्ष २०२३ को पहिलो ६ महिनामा चीनबाट भारततर्फ हुने निकासी ५६ अर्ब ५० करोड डलरमा झरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो ५७ अर्ब ५० करोड डलर रहेको थियो । त्यसैगरी, भारतबाट चीनतर्फ हुने निकासी ९ अर्ब ५० करोड डलर रहेको थियो ।

विदेशमा चिनियाँ निर्यात घटिरहेको अवस्थामा चीनले अब आफ्नो आन्तरिक मागलाई बढाउनुपर्ने आवश्यकता रहेको विश्लेषकहरु बताउँछन् ।

हाल आफ्नो वाह्य व्यापारका लागि चीन रुसको भर परिरहेको देखिएको छ । रुसबाट चीनतर्फको आयात १० प्रतिशतले बढेर ११ अर्ब ३० करोड डलर पुगेको छ । चीनले रुसबाट प्रायः ग्यास र तेलको आयात गर्दै आएको छ । त्यसैगरी, चीनबाट रुसतर्फ हुने निर्यात ११४ प्रतिशतले बढेर ९ अर्ब ३० करोड डलर पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ५ : ५९ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो