भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट : प्रधानमन्त्री « Khabarhub

भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट : प्रधानमन्त्री


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन् । इटालीको रोममा विभिन्न नेपाली संगठप्रतिनिधिले उनीसँग आज गरेको भेटमा प्रधानमन्त्री दाहालले  देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डसँग नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरूले भेट गरेका थिए । भेटमा प्रधानमन्त्री दाहालले ठूला–ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा युरोपमा रहेका नेपालीको साथ आवश्यक रहेको बताए । 

सो अवसरमा सरकारले गरेका कामबाट विदेशमा भएका नेपालीमा देश बन्ने भो भन्ने सन्देश प्रवाह भएकाले त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिन एवं ऐक्यबद्धता जनाउन नेपाली संगठनका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । त्यस अवसरमा प्रधानमन्त्री दाहालले युरोपमा रहेका नेपालीको समस्या समाधान गर्नका लागि कूटनीतिक तवरले आफू लागिपरेको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : ५१ बजे

सिरहामा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सिरहा – पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा

एमालेबाट दैलेख-२ मा विष्णु रिजाल पहिलो नम्बरमा सिफारिस

दैलेख – नेकपा एमाले दैलेख क्षेत्र नं २ को प्रतिनिधि

हरेक संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व होः मुख्यमन्त्री आचार्य

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संस्कृतिको जगेर्ना गर्नु

प्राडा शर्माको ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ सार्वजनिक

काठमाडौं– दिवङ्गत प्राडा बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक