धर्म निरपेक्षताले देश बर्बाद हुनेभयो, किरात भएर पनि हिन्दूराष्ट्रको वकालत गरिरहेको छु : लिङ्देन « Khabarhub

धर्म निरपेक्षताले देश बर्बाद हुनेभयो, किरात भएर पनि हिन्दूराष्ट्रको वकालत गरिरहेको छु : लिङ्देन


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धरान- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् ।

हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङ्देनले साउन महिनादेखि सुरु हुनेगरी पार्टीले नवीन राप्रपा कार्ययोजना लागू गरेको जानकारी दिए । उनले यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९०० जना नेताहरू परिचालित भएको बताए ।

‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छ’ उनले भने ‘आजैबाट कार्य प्रारम्भ गरेको छु’ उनले भने । उनले संगठनात्मक कार्ययोजना सुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४ को विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको समेत बताए ।

लिङ्देनले ०६२/०६३ को राजनीतिक परिवर्तनपछि जनचाहनाविपरीत, बहुसंख्यक जनताको भावनाविपरीत जबर्जस्ती धर्मनिरपेक्षता कायम गर्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको बताए ।

धर्म निरपेक्षताले देशको दीर्घकालीन हित असम्भव रहेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले मुलुकको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सदभावका लागि हिन्दूराष्ट्र अपरिहार्य रहेको उल्लेख गरे ।

उनले धर्म निरपेक्षताका कारण देश बर्बाद हुने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दूराष्ट्रको वकालत गरिरहेको बताए । उनले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने समेत बताए ।

लिङ्देन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बुढाुब्बा मन्दिरमा समेत पुगेको थियो । सो अवसरमा राप्रपाका कार्यकर्ता, विभिन्न धार्मिक संघसंस्था र धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : ५४ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच