विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज साउन ८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र अन्तर्राष्ट्रिय समुदायमाझ एक्लिने क्रममा

अन्तर्राष्ट्रिय समुदायमाझ विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन आर्थिक रुपमा एक्लिँदै गएको पाइएको छ । कोरोना महामारीपछि पछिल्लो समय चिनियाँ अर्थतन्त्र सुधार हुने क्रममा रहेपनि अपेक्षाअनुसार चीनले आर्थिक वृद्धि हासिल गर्न सकेको छैन ।

यस वर्षको जनवरीदेखि मे महिनासम्म चीनको आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशतले घटेर १० खर्ब डलरको आसपास पुगेको छ । त्यसैगरी यस वर्षको जुन महिनामा चीनको निर्यात पनि अघिल्लो वर्षको तुलनामा १२.४ प्रतिशतले घटेको छ । त्यस्तै, चीनको आन्तरिक कूल ग्राहस्थ उत्पादन पनि अप्रिलदेखि जुन महिनाको अवधिमा ६.३ प्रतिशतले मात्रै वृद्धि भएको छ, जुन अपेक्षित ७ प्रतिशतभन्दा कम हो ।

पश्चिमा मुलुकमध्ये अमेरिकातर्फ चिनियाँ निर्यात पनि अघिल्लो वर्षको तुलनामा १८.२ प्रतिशतले घटेर ४२ अर्ब ५० करोड डलरमा खुम्चेको छ । त्यस्तै, चीनमा अमेरिकी वस्तु तथा सेवाको आयात ९.९ प्रतिशतले घटेर १४ अर्ब ३० करोड डलरमा सीमित भएको छ ।

युरोपेली बजारमा चीनको अवस्थालाई हेर्दा पनि उस्तै तस्वीर देखा पर्छ । यही वर्षको मे महिनामा २७ मुलुक सम्मिलित युरोपेली युनियन ईयूबाट चीनतर्फ हुँदै आएको आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा ३८.६ प्रतिशतले घटेर २४ अबै ५० करोड डलरमा सीमित भएको छ ।

त्यसैगरी चीनबाट युरोपेली बजारतर्फ हुने निर्यात पनि २६.६ प्रतिशतले घटेर ४४ अर्ब ६० करोड डलरमा झरेको छ । घट्दो आयातले चीनको आन्तरिक बजारमा माग पनि घटिरहेको प्रतित हुन्छ । घट्दो व्यापारले चीनको अर्थतन्त्रलाई नै प्रभावित बनाइरहेको छ ।

युवाहरुमाझ बढ्दो बेरोजगारी समस्याले चीनको अर्थतन्त्रलाई अझ कमजोर बनाएको छ । अप्रिल महिनामा सरकारले गरेको सर्वेक्षणमा सहरमा बस्ने हरेक ५ मध्ये एक युवा बेरोजगार रहेको पाइएको थियो ।

मानिसहरुले खुद्रा वस्तुमा गर्ने खर्चमा पनि गिरावट आएको छ । अक्सफोर्ड अर्थशास्त्रका लोयड चानका अनुसार चीनको निर्यातमा सुधार हुने संकत देखिएको छैन ।

चीन सरकारले वर्ष २०२३ मा ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकोमा त्यो पूरा हुने संकेत देखिएको छैन । वर्ष २०२३ को पहिलो ६ महिनामा चीनबाट भारततर्फ हुने निकासी ५६ अर्ब ५० करोड डलरमा झरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो ५७ अर्ब ५० करोड डलर रहेको थियो । त्यसैगरी, भारतबाट चीनतर्फ हुने निकासी ९ अर्ब ५० करोड डलर रहेको थियो ।

विदेशमा चिनियाँ निर्यात घटिरहेको अवस्थामा चीनले अब आफ्नो आन्तरिक मागलाई बढाउनुपर्ने आवश्यकता रहेको विश्लेषकहरु बताउँछन् ।

हाल आफ्नो वाह्य व्यापारका लागि चीन रुसको भर परिरहेको देखिएको छ । रुसबाट चीनतर्फको आयात १० प्रतिशतले बढेर ११ अर्ब ३० करोड डलर पुगेको छ । चीनले रुसबाट प्रायः ग्यास र तेलको आयात गर्दै आएको छ । त्यसैगरी, चीनबाट रुसतर्फ हुने निर्यात ११४ प्रतिशतले बढेर ९ अर्ब ३० करोड डलर पुगेको छ ।

स्पेन निर्वाचन : पपुलर पार्टी विजयी, सरकार गठनका लागि आवश्यक बहुमत अपुग

स्पेनमा आइतबार सम्पन्न निर्वाचनको मतगणना करिब पूरा भएको छ । स्पेनी भाषाको दैनिक अखबार एल पाइसका अनुसार मतगणना लगभग पूरा भएको अवस्थामा निर्वाचनमा मध्य–दक्षिणपन्थी पपुलर पार्टी ९पीपी० सबैभन्दा धेरै सीटमा विजयी भएको छ ।

निर्वाचनमा पीपीले सबैभन्दा बढी सीट प्राप्त गरेको छ भने सत्ताधारी सोशलिस्ट पार्टी ९पीएसओई० ले सर्वेक्षणले अनुमान गरेभन्दा राम्रो प्रदर्शनसहित दोस्रो धेरै मत पाउन सफल भएको छ । विजयका बावजुद पनि दक्षिणपन्थी समूह सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत ल्याउन सकेन ।

त्यसैले अवको सरकार गठन प्रक्रिया कठिन भएको छ । पीपी र अति दक्षिणपन्थी भोक्सले संयुक्त रूपमा १६९ सिट प्राप्त गरेका छन् भने पीएसओई र सुमार ९१५ साना वामपन्थी पार्टीहरूको समूह० ले संयुक्त रूपमा १५३ सिट प्राप्त गरेका छन् । माथिल्लो सदनका २६५ सिटमध्ये २०८ सिटका साथै संसदको तल्लो सदनका सबै ३५० सिटका लागि निर्वाचन भएको हो ।

कङ्ग्रेस अफ डेपुटीज ९तल्लो सदन० को कूल ३५० मध्य पूर्ण बहुमत १७६ सिट आवश्यक भएपनि १३६ सिटका साथ पीपी अगाडि छ भने पीएसओई १२२ सिटका साथ दोस्रो स्थानमा छ ।

भोक्सले ३३ र सुमारले ३१ अंक प्राप्त गरेका छन् । एल पाइसका अनुसार बाँकी सिटहरू क्याटालोनिया र बास्क क्षेत्रका केही साना क्षेत्रीय पार्टीहरूले जितेका छन् । यसैबीच, प्रधानमन्त्री पेड्रो सान्चेजले त्रिशंकु संसद् र पिपुल्स पार्टीले सबैभन्दा बढी सिट जितेपनि करिब ९९ प्रतिशत मत गणना गर्दा वाम गठबन्धनले जित हासिल गरेको दाबी गरेका छन् ।

“हामीले चार वर्षअघिको तुलनामा धेरै मत, धेरै सिट र उच्च प्रतिशत जित हासिल गरेका छौं,” सान्चेजले समर्थकलाई निर्वाचन परिणामबारे सान्त्वना दिँदै भने । गृह मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा आइतबार सम्पन्न निर्वाचनमा चार प्रतिशत बढी अङ्क अर्थात् ७०।३३ प्रतिशत मतदान भएको थियो ।

चीनमा व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु
उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माण कर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार सरकारी प्रसारक सिसिटिभीले प्रसारण गरेको फुटेजमा कङ्क्रिटको स्ल्याबबाट बनेको छाना पूरै ढलेकोे देखिएको छ । उद्धारकर्मीहरूले पीडितहरूसम्म पुग्नका लागि कङ्क्रिट र घुमाउरो धातुको ठूलो टुक्राहरू तोडेको फुटेजले देखाएको छ । ‘दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ,’ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

दुर्घटनाको गहन अनुसन्धान भइरहेको र निर्माण कम्पनीका प्रमुखलाई प्रहरी हिरासतमा राखिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वाका अनुसार ३४ नम्बर को मिडिल स्कुलको जिम आइतबार दिउँसो ३ बजेतिर ढलेको थियो ।

स्थानीय पत्रिका हेइलोङजियाङ डेलीका अनुसार दुर्घटना हुँदा १९ जना जिममा थिए । चार जनालाई भग्नावशेषबाट बाहिर निकालिएको र अन्य चार जनाले दुर्घटनापछि भागेर ज्यान बचाउँन सफल भएका छन् ।

करिब १६० अग्निनियन्त्रक र ३९ वटा फायर ट्रकको खोजी तथा उद्धार कार्य सम्पन्न भएको छ । नाम नखुलाइएको एक स्रोतले सरकारी स्वामित्वको चोङकिङ न्युजलाई बताएअनुसार छानामा थुप्रिएका सामग्रीको बारेमा भत्किनुअघि नै चिन्ता व्यक्त गरिएको थियो ।

‘व्यायामशाला २० वर्षभन्दा पहिले निर्माण गरिएको थियो र धेरै ठाउँ लामो समयदेखि जीर्ण अवस्थामा पुगेको थियो,’ स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । रोयटर्सले भनेको छ, ‘छतमा थुप्रिएका सबै सामानले केही न केही होला कि भनेर सबै चिन्तित थिए ।’

गत महिना चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको बारबेक्यू रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो भने कार्यस्थलको सुरक्षाका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने औपचारिक प्रतिबद्धता व्यक्त गरिएको थियो । गत अप्रिलमा बेइजिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने केहीले झ्यालबाट हाम फालेर भाग्न सफल भएका थिए ।

सन् २०१५ मा तियानजिनमा रासायनिक गोदाममा भएको ठूलो विस्फोटमा कम्तीमा १६५ जनाको मृत्यु भएको थियो । यो चीनमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो ।

युक्रेनले ५० प्रतिशत भूभाग फिर्ता ल्याएको अमेरिकी विदेशमन्त्रीको दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको बताइरहँदा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भूभाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनले आफूले गुमाएको ५० प्रतिशत भाग फिर्ता लिन सफल भएको दाबी गरेका हुन् । सीएनएनसँगको अन्तर्वार्तामा ब्लिन्केनले युक्रेनले निकै कठिन युद्ध लडेको पनि बताएका छन् ।

युक्रेनले रुसबाट आफ्नो भूभाग मुक्त गराउनका लागि गरेको प्रतिआक्रमण अझै प्रारम्भिक चरणमा छ । ब्लिन्केनले युक्रेनी आक्रमण एक वा दुई हप्तामा अन्त्य नहुने बताएका छन् । उनका अनुसार यो प्रतिआक्रमण धेरै महिनासम्म जारी रहनेछ।

यसैबीच, योसँगै युक्रेनले अर्को वर्ष नेटोको सदस्यता पाउने आशा गरेको छ । युक्रेनका विदेशमन्त्री ओलेस्की रेज्निकोभले आउँदो वर्ष हुने नेटो शिखर सम्मेलनमा यो संगठनको सदस्य बन्न सक्ने बताएका छन् ।

अर्को वर्ष वासिङ्टनमा हुने शिखर सम्मेलन हुँदैछ । सङ्गठनले ७५ वर्ष पूरा गरेको उपलक्ष्यमा हुने सो सम्मेलन विशेष मानिएको छ ।

इन्डोनेसियामा डुंगा पल्टिँदा १५ जनाको मृत्यु, १९ जना बेपत्ता
इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा १९ जना बेपत्ता भएका छन् । ६ जना यात्रुको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० यात्रु थिए । सो डुंगा राति करिब १२ बजे डुबेको थियो । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ । खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने, ‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।’

उद्धार एजेन्सीले सार्वजनिक गरेका तस्वीरहरुमा स्थानीय अस्पतालको भुइँमा लुगाले छोपिएको पीडितहरूको शव देखाइएको छ।

डुङ्गाले मानिसहरूलाई खाडी पार गरी दक्षिणपूर्वी सुलावेसी प्रान्तको राजधानी केन्द्रबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको मुना टापुमा पुर्‍याएको थियो। त्यही क्रममा घटना भएको बताइएको छ ।

ग्रीसको जंगलमा आगो अनियन्त्रित, १९ हजारजनालाई स्थानान्तरण

ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ७ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा हजारौं मानिस बिस्थापित भएका छन् ।

पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट पर्यटकसहित १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएको छ भने अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ ।

ग्रिसको आपतकालीन सेवाले आइतबार सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ । थप नागरिकलाई स्थानान्तरण गर्ने काम भइरहेको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार डढेलो नियन्त्रणका लागि हेलिकप्टर र सय भन्दा बढी अग्नीनियन्त्रकहरु परिचालन गरिएका छन् ।

ग्रीसको किओटारी क्षेत्रका तीनवटा होटेलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीका कारण दर्जनौ घरहरु जल्नुका साथै साथै ३५ हेक्टरमा रहेको जंगल नष्ट भएको छ । बिगत १५ दिनदेखि जारी उच्च तापमानले ग्रीसको जनजीवन अस्तब्यस्त बनेको छ ।

अमेरिकाबाट कोभिड भन्दा खतरनाक भाइरस फैलन सक्ने दाबी

चीनको वुहानपछि अब अमेरिकाको मासु बजारबाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरा रहेको वैज्ञानिकहरूले दाबी गरेका छन् । हार्बर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका हुन् ।

पशु आयात र निर्यातमा सजिलो कानुनका कारण अमेरिकामा कोभिड भन्दा खतरनाक भाइरस उत्पन्न हुने र त्यो तिव्रताका साथ फैलने ती वैज्ञानिकहरूको दाबी छ ।

उनीहरूको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार्बर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयले सार्वजनिक गरेको हो।

हार्बर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयको एक रिपोर्टमा भनिएको छ– ‘धेरै अमेरिकीहरू प्रायः सोच्छन् कि उनीहरूको देशमा यो हुन सक्दैन तर यस देशका नियमहरू यति कमजोर छन् कि एक भाइरस वा अर्को सङ्क्रामक रोग अमेरिकामा जनावरहरूबाट मानिसमा सजिलै सर्न सक्छ।’

हार्बर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयका रिपोर्टहरूले पनि जोखिमका धेरै बिन्दुहरूको बारेमा औँल्याएका छन् । पशुको आयात निर्यातको क्रमसँगै यस अवधिमा लाखौं जनावरहरू एकअर्का र तिनीहरूका ह्यान्डलरहरूको सम्पर्कमा आउँछन्। यस कारण जंगली जनावरबाट कुनै पनि संक्रमण सजिलै मानिसमा प्रवेश गर्न सक्छ।

रिपोर्ट अनुसार प्रत्येक वर्ष लगभग २२ करोड जीवित जंगली तथा घरपालुवा जनावर र अन्य उद्देश्यका लागि अमेरिकामा आयात गरिन्छ।

कसैले कुकुर वा बिरालोलाई अरु देशमा ल्याउनुपर्ने हो भने प्रक्रियामा सामेल हुनुपर्छ । तर, एक आयातकर्ताले सजिलो नियमको साथ दक्षिण अमेरिकाबाट १०० जंगली स्तनपायी सजिलै ल्याउन सक्छ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ५९ बजे

केन्द्रीय कमिटी अधुरै छाडेर एकीकृत समाजवादीमा शपथ (तस्बिरहरू)

काठमाडौं- नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशनमा तीनजना पदाधिकारीसहित चयन

जीबी र रवि संलग्न कम्पनीमा मात्रै सहकारीबाट ६३ करोड ऋण लिएको भेटियो

काठमाडौं–सहकारी छानबिन समितिले पोखरास्थित सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम

सुनचाँदीका विभिन्न गरगहनासहित एक जना पक्राउ

रूपन्देही– रोहिणी गाउँपालिका-७ लठ्टाबाट ७  तोला १०.७ लाल तौलको सुन

नवराजपुरका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

 काठमाडौं– सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित

भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने 

काठमाडौं– भारतका लागि जर्मन राजदूत डा. फिलिप एकरमानले यस पटक