झापाको चारआली जंगलमा जलेको कारका चालकको शव बिरिङ खोला पुलमुनि भेटियो « Khabarhub

झापाको चारआली जंगलमा जलेको कारका चालकको शव बिरिङ खोला पुलमुनि भेटियो


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

झापा– झापास्थित बिरिङ खोलाको पुलमुनि भेटिएको शव  शिवसताक्षी– १० माईधारका ३३ वर्षीय सरोज शर्माको रहेको पुष्टि भएको छ ।

आफ्नो सवारीसहित बेपत्ता भएका शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय शर्माको शव झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गनजिक बिरिङ खोला पुलमुनि गाडिएको अवस्थामा शनिबार फेला परेको छ ।

सरोजको शव भेटिएको बिरिङ खोलाको पुलमुनि प्रहरी पुगेर घटनास्थलको जाँच प्रकृति मुचुल्का गरिरहेको छ । उनको शवलाई पोस्टमार्टम गर्न अस्पताल पठाउने तयारी भइरहेको छ ।

सरोजको मृत्यु के–कसरी भयो भन्ने अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तर गाडिएको अवस्थामा भेटिएकाले उनको हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।

उनी गत आइतबारदेखि कारसहित बेपत्ता भएका थिए ।  तीन दिनअघि बुधबार मात्रै उनको कार चारआली जंगलमा आगजनी गरिएको अवस्थामा फेला परेको थियो ।

झापाको मेचीनगर १३  चारआली भद्रपुर रोड क्षेत्रमा पर्ने  हातेमालो सामुदायिक वन जंगलभित्र आगजनी गरिएको अवस्थामा उक्त कार फेला परेको थियो । दुवै घटनाको छानबिन अहिले जिल्ला प्रहरी कार्यालय झापाको टोलीले गरिरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १२ : ०७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।