दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट :प्रधानमन्त्री, ललिता निवास प्रकरण : थप दुईजना पक्राउ, चिनियाँ शीर्ष नेता युआन र सभामुख घिमिरेबीच भेटवार्ता, स्वास्थ्य मन्त्रालयद्वारा देशभरका औषधी पसलमा अनुगमन, नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्योलगायतका समाचारले प्रमुख स्थान पाए । 

भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन् । इटालीको रोममा विभिन्न नेपाली संगठप्रतिनिधिले उनीसँग आज गरेको भेटमा प्रधानमन्त्री दाहालले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिए ।

ललिता निवास प्रकरण: थप दुईजना पक्राउ

बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार नक्कली मोही बनेर ललिता निवास जग्गा हडपेको आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।

राजनीतिक रूपान्तरणका लागि ‘एक्जिट पोलिसी’ आवश्यक

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि एक्जिट पोलिसी ९बहिर्गमन नीति० आवश्यक रहेको बताएका छन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने

कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको निवेदनमा न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले निवेदनलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतले कोशी सरकार गठन विवादमा संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएको भन्दै मुद्दा सर्वोच्चकै पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । पूर्ण इजलास ३ सदस्यीय हुने वा ५ सदस्यीय हुने भन्ने टुंगो लागिसकेको छैन ।

अध्यक्ष ओलीद्वारा श्रीलंका र नाइजेरियाका पूर्वराष्ट्रपतिबीच भेटवार्ता

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले श्रीलंका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

कम्बोडियाको सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहाँ पुगेका अध्यक्ष ओलीले हिजो उनीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेको ओलीको सचिवालयले जनाएको छ ।

चिनियाँ शीर्ष नेता युआन र सभामुख घिमिरेबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।

प्रमाणले दोषी देखिएका जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले गरेको कार्यक्रममा उनले भ्रष्टाचार र अनियमितको प्रकरणमा प्रमाणले दोषी देखिएका जोसुकैलाई कानुनी कारबाही गरिने बताएका हुन् ।

पुरस्कारको व्यवस्थापछि १०० किलो सुन समातियो : अर्थमन्त्री

अर्थमन्त्री डा। प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गरेका छन् ।

सोमबार बुटवलमा प्रेस युनियन रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण १०० किलो सुन समातिएको दाबी गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयद्वारा देशभरका औषधी पसलमा अनुगमन

स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधी पसलमा अनुगमन गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशभरका औषधी पसलमा एकसाथ अनुगमन गरेको हो । काठमाडौंमा रहेका केही औषधी पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्किएका थिए ।

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९(८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट
मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : ५९ बजे

उत्तर कोरियाली नेता किमसँग भेट्ने ट्रम्पको चाहना

काठमाडौं – अहिले फक्स न्युजसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तरवार्ता

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन – भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय

तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

फुङ्लिङ– चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली

एमालेमा जान खुट्टा उचालेका वामदेवको बाटोमा कसले राख्यो डिभाइडर ?

काठमाडौं – पूर्वगृहमन्त्री वामदेव गौतमको एमाले प्रवेशमा तत्कालका लागि ‘ब्रेक’