तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित « Khabarhub

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरमा एक सातादेखि तालाबन्दी हुँदा नियमित काम प्रभावित भएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित भएको हो ।

केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित भएको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । “यही साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ”, उनले भने, “वार्ताका लागि पहल भए पनि अहिलेसम्म छलफल हुनसकेको छैन ।”

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय आयोजक कमिटीका सह–सचिव दीपकराज अवस्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरिएको जानकारी दिए । “हामीले राखेका माग सम्बोधन नभएपछि तालाबन्दी गर्न बाध्य भएका हौँ” उनले भने, “तालाबन्दी गरेको एकसाता बित्दा पनि छलफलका लागि बोलाएको छैन ।”

विश्वविद्यालयले छलफलमा बोलाए आफूहरू जाने उनको भनाइ छ । उहाँले गत पुसमा अनेरास्ववियु र विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, मानविकी सङ्कायतर्र्फ आवश्यक रहेका प्राध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने, छात्रावास निर्माण गर्नुपर्ने, विश्वविद्यालयका प्राध्यापकहरू बाहिर निजी शैक्षिक संस्थामा अध्यापन गर्ने कार्य तत्काल रोक्नुपर्नेलगायत नौ बुँदे माग अघि सारेको बताए ।

त्यसैगरी, कार्यविधि मापदण्डविपरीत कर्मचारी प्राध्यापकहरूको सरुवा गर्ने, समयमै कोर्स पूरा गर्नुपर्ने, विश्वविद्यालयको निर्देशक पदमा पूर्णकालीन रुपमा काम गर्नुपर्ने भए पनि सो काम छोडेर केन्द्रीय क्याम्पसमा आर्थिक लाभका लागि पढाउन जाने निर्देशकहरूलाई तत्काल कारबाही गर्नुपर्ने र परीक्षा नियन्त्रण कार्यालयको सह–नियन्त्रक पदमा नियुक्ति भएकाहरूसमेत आर्थिक लाभका लागि क्याम्पसमा पढाउन जाने कार्य भइरहेकाले सो कार्यमा संलग्नहरूलाई समेत कारबाही गर्नुपर्ने माग विद्यार्थी सङ्गठनको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : ४३ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको