हाम्रो शरीरका विभिन्न ग्रन्थीले फरक-फरक हर्मोन उत्पादन गर्छन्। हर्मोन एक प्रकारको रसायन हो। फरकफरक हर्मनले गर्ने काम पनि फरकफरक नै हुन्छन्। जस्तैः घाँटीमा थाइराइड ग्रन्थी, मस्तिष्कमा पिट्युटरी ग्रन्थी, प्याराथाइरोड ग्रन्थी हुन्छ। पिट्युटरी ग्रन्थीले चार–पाँच वटा हर्मोन उत्पादन गर्छ। आखिर के हो त हर्मन भनेको ? हाम्रो शरीरमा यसको आवश्यकता किन पर्छ ? हर्मोनमा गडबडी भयो भने कस्ता खालका समस्या देखा पर्छन् ? यस्तो खालको समस्या आउनै नदिन के कुरामा ध्यान दिनुपर्छ ? यी र यस्तै विषयमा केन्द्रित भएर खबरहबका लागि इन्डोक्राइनोलोजिष्ट डा.अमृत त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अंश :
हार्मोन भनेको के हो ?
हार्मोन भनेको हाम्रो शरीरमा भएका गन्थ्रीले उत्पादन गर्ने एक प्रकारको रसायन हो। यसले शरीरको अरु भागमा रहेका कोषलाई प्रभावित गर्छ। हार्मोनको आ–आफ्नै काम हुन्छन्। घाँटीमा थाइरोड ग्लान्ड भन्ने हुन्छ। सँगसगै प्याराथाइरोड ग्लान्ड भन्ने हुन्छ। पिट्युटरी ग्ल्याण्डका चार पाँच वटा हार्मोन छन्। त्यसमध्ये एउटा हार्मोनले थाइरोड ग्ल्यान्डलाई स्टीमुलेट गर्ने हर्मोन हुन्छ र त्यसले थाइरोड हर्मोन निकाल्छ। थाइरोड हम्रोनले हाम्रो शरीरका विभिन्न अङ्गलाई सही ढङ्गले सञ्चालन गर्न र त्यसलाई जीवित राख्ने कार्य गर्दछ। शरीरको मेटाबोलिज्म र रोग प्रतिरोधी प्रणालीमा हार्मोनको सिधा प्रभाव हुन्छ।
हाम्रो शरीरमा यसको आवश्यकता किन पर्छ ?
यसले हाम्रो शरीरमा क्याल्सियमको मात्रामा सन्तुलन राख्दछ। त्यस्तै प्यांक्रियाज अर्थात् आमाशयले इन्सुलिन भन्ने हर्मोन निकाल्छ। इन्सुलिनको कमी हुँदा शरीरमा मधुमेह रोग लाग्छ। त्यस्तै मिर्गौलामाथि हुने दुई वटा अड्रिनल ग्लान्डले दुई तीनथरी हर्मोन निकाल्छ। त्यसमा कट्टीसोल भन्ने हर्मोन हुन्छ त्यसले ग्लुकोजको मात्रामा सन्तुलन गर्छ। अल्डस्टोरोन भन्ने हर्मोन हुन्छ। त्यसले रक्तचापको र शरीरमा नुनको मात्रा सन्तुलनमा राख्दछ। यस्तै विभिन्न ग्रन्थीले निकालेको हर्मोनको विभिन्न काम गर्छन्।
मानव शरीरको उचित वृद्धि र विकासमा हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। हार्मोनले महिला र पुरुष दुवैको शरीरको वृद्धि विकासलाई मात्रै प्रभावित गर्दैन, यसले शरीरको सबै प्रणालीको गतिविधिलाई पनि नियन्त्रित गर्छ।
हार्मोनको असन्तुलन के कारणले हुन्छ ?
हर्मोन गडबडी एउटा कारणले हुन्छ भनेर भन्ने हुँदैन। थाइराइड हर्मोनको कम र बढी उत्पादन हुँदा गडबडी हुन्छ। मुख्य कारण भनेका अटो इम्युन हो। अटो इम्यून भनेको रोग प्रतिरोधात्मक क्षमता हो। इम्यूनिटीले बाहिरको व्याक्टेरियाबाट हुने आक्रमणबाट बचाउँछ। तर, कहिलेकाही आफ्नै शरीरको अंगमा पनि आक्रामण गर्ने हुन्छ।
हार्मोनको असन्तुलनल विभिन्न कारणले हुनसक्छ। जस्तोः पछिल्लो समयको अस्वस्थ जीवनशैली, उपयुक्त पोषणको कमी, शरीरलाई चाहिने पर्याप्त मात्रा व्यायाम नगर्नु, गलत खानपान जहाँ धेरै बाहिरका बासी र तारेका खाना धेरै खानु, अत्यधिक तनाव लिनु वा बढ्दो उमेर आदिका कारणले हार्मोन असन्तुलन हुनसक्छ।
हर्मोनको गडबडी भएको कसरी थाहा पाउने ?
थाइराइड हर्मोनको गडबढीबाट हुने हाइपरथाइज्म् वा हाइपोथाइरिज्म् हो। यसमा पनि धेरैलाई देखिने हाइपोथाइरिज्म् हो। यसमा एकदमै थकान लाग्नु, काम गर्न मन नलाग्नु, दिउँसो निन्द्रा लाग्नु, मोटोपन बढ्नु, कब्जियत हुनु, महिनावारी गडबड हुनु, कपाल झर्ने जस्ता लक्षण देखिन्छ।
हर्मोनमा गडबडी भयो भने कस्ता समस्या देखा पर्छन् ?
हर्मोनमा गडबडी भयो भने के हुन्छ भन्ने सन्दर्भमा हामी सबैले बुझेको डाइभिटिज (सुगर) हुन्छ। यो इन्सुलिन हर्मोनको गडबढीले हुन्छ। डाइभिटिज पनि टाइप–१ र टाइप–२ गरेर यी दुई प्रकारका हुन्छन्। प्रायजसो हामी सबैलाई देखिने भने टाइप–२ हो। यसमा इन्सुलिन हर्मोन पर्याप्त हुँदाहुँदै पनि इन्सुलिनले काम गर्न नसक्ने अवस्था हुन्छ। सुरुमा इन्सुलिन पर्याप्त हुन्छ तर पछि कम हुँदै जान्छ।
थाइराइड हर्मोनले मेटापोजिम गराउने कार्य गर्दछ। यो हर्मोन बढी पनि हुनसक्छ कम हुन पनि सक्छ। थाइराइड ग्रन्थीको समस्या भयो भने हर्मोन बढी उत्पादन हुन्छ। यसले मेटापोलीज्म् छिटो छिटो हुन्छ। जसले गर्दा मुटु छिटो छिटो चल्ने, पसिना आउने, मान्छे आत्तिने छटपटिने, तौल घट्ने, महिनावारी घटबढ हुने, पखाला लाग्ने समस्या हुन्छ। थाइराइडको गडबढीले हर्मोन थोरै भयो भने तौल बढ्ने, कपाल झर्ने, थकान लाग्ने, काम गर्न मन नलाग्ने हुन्छ।
पुरुषमा सेक्स हर्मोन टेस्टटोरोन हर्मोनको कमी भयो भने कुन समयमा त्यसको कमी आएको त्यसमा भर पर्दछ। किशोर अवस्थाभन्दा पहिला नै कमी आएको भए सेक्सुयल अर्गान विकासमा गडबडी हुन्छ। बालकको मांशपेशीको विकास नहुने, पुरुषको जस्तो आवाज नहुने, हड्डी बलियो नहुने जस्ता समस्या देखिन्छन्। किशोर अवस्थापछिसम्म पनि हर्मोनमा कमी भएमा यौन जीवन सन्तुष्ट नहुनसक्छ।
यी हर्मोनका मास्टर रेगुलेटर मस्तिष्कमा हाइपोथालमस भन्ने एरिया हुन्छ। त्यसमा पनि पाँच छ वटा हर्मोन निस्किन्छ। यो हर्मोनले मस्तिष्क मै भएको पिट्युटरी ग्लान्डलाईं हाइपोथाइलमसबाट निकालेको हर्मोनले रेगुलेट गर्छ। ब्रेन ट्यूमर, इन्फेक्सन भयो भने हाइपोथाइलमसमा गडबडी हुने समस्या हुन्छ। जुन ग्लान्डलाई असर गरेको हो। त्यो ग्लान्डको हर्मोन बढी या कम हुने आधारबाट हर्मोनको काम विशेषमा फरक पार्दछ। त्यही अनुसारको रोग लाग्दछ।
यसले गर्ने असरलाई व्यवस्थापन गर्न के गर्ने ?
सबै भन्दा जल्दोबल्दो समस्या डाइभिटिज र थाइराइड हो। अन्य चिज अडिनल ग्लन्डको, किड्नी, पिट्युटरील्यान्ड जीवनशैलीसँग सम्बन्धित हुँदैन। यसमध्ये इन्सुलिन हर्मोन मानिसको जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ। मोटोपना, खानपिन नमिलेमा, व्यायामको कमी, खानपिनमा सन्तुलन भएन भने डाइभिटिज हुने सम्भावना हुन्छ। यसकारण खानामा जंगफुड प्रयोग नगर्ने, नियमित व्यायाम गर्ने, योगा आफ्नो दैनिक जीवनमा प्रयोगमा ल्याउनुपर्छ। त्यस्तै हड्डी खिइने समस्यामा मदिरापान, धुम्रपान, व्यायामको कमीले धेरै असर गर्दछ। हामीले जीवन शैलीलाई मुख्य ध्यान दिन सकेमा डाइभिटिज र थाइराइडबाट टाढा रहन सकिन्छ। प्रत्येक ६ महिनामा डाइभिटिज र थाइराइडको जाँच गर्ने गरियो भने यसको जोखिमबाट बच्न सकिन्छ।
प्रतिक्रिया