गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै « Khabarhub

गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदै छ । हिजो गौरा घरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर व्रतालु महिलाहरूले पूजाआजा गर्ने गर्दछन् ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । व्रतालु महिलाहरूले भगवान गौरा –महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् ।

व्रतालु महिलाहरूले दिनभरि गौरादेवी पूजाआजा गरी आजै दुबधागो समेत धारण गर्ने परम्परा रही आएको छ । व्रतालु महिलाहरूले गौरादेवीको पूजन गरिसकेपछि गौराको प्रसादको रूपमा रहेको बिरुडाले आफन्त तथा मान्यजनहरूको टाउको पुज्ने चलन रही आएको छ ।

यस्तै गौरा पर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । यस्तै सामूहिक रूपमा देउडा खेल्ने चलन समेत रही आएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ८ : ०३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज