मीड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट « Khabarhub

मीड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मीड सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४८४ जनालाई छनौट गरी १० कित्ताका दरले आईपीओ बाँडफाँट गरेको जनाएको छ ।

कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ३१ हजार ५२२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २ सय कित्ता सेयरको लागि आवेदन परेको थियो ।

यो मध्ये विभिन्न कारणबाट १ हजार ८६७ जना आवेदकहरुबाट प्राप्त ५८ हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको थियो । यस्तै, आवेदन रुजु गर्दा थप ७ जना आवेदकबाट २६० कित्ता सेयरको लागि प्राप्त आवेदन रितपूर्वक नदेखिएकाले उक्त आवेदन पनि रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

बाँकी हुन आएको २९ हजार ६४१ जना आवेदकहरुबाट प्राप्त ६ लाख ४५ हजार ३०० कित्ता सेयर गोलाप्रथाका लागि योग्य ठहरिएको थियो । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सकिनेछ ।

साथै, सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १० : ०५ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको