कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा « Khabarhub

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको पेसी सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो । क्रमसंख्याअनुसार खतिवडाको इजलासमा उक्त रिट १३औं नम्बरमा छ।

मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

विश्वासको मत लिँदा सत्ता गठबन्धनले संविधानको धारा १८६ विपरीत गरेकोले विश्वासको मत बदरको माग रिटमा गरिएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ११ : ४९ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८