आरनलाई प्रविधिमैत्री बनाउन नवलपुरको बौदीकाली गाउँपालिकाको सहयोग « Khabarhub

आरनलाई प्रविधिमैत्री बनाउन नवलपुरको बौदीकाली गाउँपालिकाको सहयोग


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी- नवलपुरको बौदीकाली गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ । आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले विभिन्न आधुनिक औजार सहयोग गरेको हो ।

गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिलाई यसको सुधार गर्दै प्रविधिमैत्री बनाउन तथा व्यवसाय प्रवर्दधनका लागि विभिन्न सामग्री सहयोग गरेको हो ।

गाउँपालिका भित्र रहेर परम्परागत रुपमा आरन व्यवसाय गर्दै आएका १६ जनालाई उनीहरूको पेसा थप व्यवस्थित बनाउन आवश्यक औजार सहयोग गरेको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए ।

आरन व्यवसाय सङ्कटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जीविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउँदै यसमा आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखी सहयोग प्रदान गरेको अध्यक्ष ओझाले बताए ।

“गाउँघरमा अझै पनि आरन व्यवसायबाटै गुजारा चलाउने धेरै हुनुहुन्छ, यो पेसा व्यवस्थित बनाउँदै लैजाने, पेसा नै सङ्कटमा पर्ने अवस्था रोक्ने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखेको र सोहीअनुसार सहयोग गरिएको हो”, अध्यक्ष ओझाले भने ।

परम्परागत सीपलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ आधुनिक औजार सामग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष ओझाले बताए । आधुनिक औजारले कम श्रममा बढी आम्दानी लिन साथै गुणस्तरीय उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको उनले बताए । आरन सुधार कार्यक्रमअन्तर्गत विद्युतीय पङ्खा, ग्रेडर, रेटि, प्लायर, सुरक्षित पञ्जा, चश्मालगायतका सामग्री प्रदान गरिएको हो ।

गाउँपालिकाले आरन सुधारसँगै दलित प्रवद्र्धन तथा सशक्तीकरण कार्यक्रममार्फत पालिकाभित्र सिलाइकटाइ गर्ने ३२ जनालाई सिलाइ मेसिन सहित सिलाइ सामग्री हस्तान्तरण गरेको छ । यसैगरी जुत्ताचप्पल सिलाउने सामाग्री दुई जनालाई हस्तान्तरण गरिएको छ ।

सिलाई पेशा गर्दै आएकालाई सिलाइ मेसिनसहित आइरन, कैँची, इन्टरलक मेसिन, झोला ज्याकेट सिलाउने मेसिनलगायतका सामग्री हस्तान्तर गरिएको अध्यक्ष ओझाले बताए ।

परम्पराग तरुपमा आरन, कपडा सिलाइ तथा जुत्ताचप्पल सिलाइका पेसा गर्दै आएकाहरुलाई उत्प्रेरित गर्दै स्वरोजगारमूलक यस्ता खालका पेसालाई प्रवद्र्धन गर्न पालिकाले सहयोग गरेको अध्यक्ष ओझाले जानकारी दिए ।

पालिकाले आरान सुधार कार्यक्रम ल्याएर आफूहरूको पेसाको सम्मान तथा थप यो पेसालाई सुधार गर्न सहयोग गरेकामा बौदीकाली–३, रकुवाका हुमबहादुर सुनारले खुसी व्यक्त गरे । यसले आफ्नो पेसालाई थप व्यवस्थित बनाउन सहयोग पुगेको उनको भनाइ छ ।

सामान्य आम्दानी हुने र आफूहरूले थप लगानी गरी सामग्री खरिद गर्नसमेत नसक्ने अवस्थामा पालिकाले जुत्ताचप्पल सिलाउने सामग्री प्रदान गरेकामा बौदीकाली–६ का लक्ष्मण सार्कीले खुसी व्यक्त गरे ।

गाउँपालिकाले दलित प्रवद्र्धन तथा सशक्तीकरण कार्यक्रममा विनियोजन गरेको रु छ लाख र आरन सुधार कार्यक्रमका लागि विनियोजन गरेको रु तीन लाख ५० हजार गरी कूल रु नौ लाख ५० हजारका विभिन्न सामग्री खरिद गरि हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  २ : १५ बजे

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री