रानी नाकालाई व्यवस्थित बनाउन संयुक्त अनुगमन « Khabarhub

रानी नाकालाई व्यवस्थित बनाउन संयुक्त अनुगमन


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरपालिका र सुरक्षा निकायको संयुक्त टोलीले शुक्रबार स्थलगत निरीक्षण गरेको छ ।

सीमा क्षेत्रमा बढ्दै गएको अव्यवस्थित पार्किङ, सरसफाइको समस्या, शौचालय व्यवस्थापन तथा चोरीतस्करी नियन्त्रणका विषयलाई केन्द्रमा राखेर टोलीले अनुगमन गरेको हो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, मोरङ प्रहरी प्रमुख प्रहरीप्रमुख सहितको टोलीले सीमा नाकाको अवस्थाबारे स्थलगत जानकारी लिएको थियो ।

अनुगमनका क्रममा सीमा क्षेत्रको फोहोर व्यवस्थापन, सार्वजनिक शौचालयको अवस्था, सवारीसाधनको पार्किङ, आवागमनमा देखिएका समस्या तथा सुरक्षा व्यवस्थाबारे छलफल भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

विशेषगरी नेपालतर्फको ढाट र त्यस आसपास क्षेत्रमा देखिएको अव्यवस्थित पार्किङलाई तत्काल व्यवस्थित गर्नुपर्ने विषयमा टोलीले चासो देखाएको छ ।

सवारीसाधन जथाभावी पार्किङ हुँदा नेपाल र भारतबीच आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन महानगर प्रमुख कोइरालाले निर्देशन दिए ।

अनुगमन टोलीले भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई सम्भावित समस्या र जोखिमबाट जोगाउन राखिएको सचेतनामूलक सूचना पाटीको अवलोकन गरेको थियो । महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङको पहलमा सीमा क्षेत्रमा राखिएको उक्त सूचना पाटीमा नेपाली, अंग्रेजी र हिन्दी भाषामा यात्रुले ध्यान दिनुपर्ने विषय समेटिएका छन् ।

सीमा नाकामा हुने आवागमनलाई सहज बनाउनुका साथै यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिन यस्ता सचेतनामूलक अभियान प्रभावकारी हुने प्रमुख कोइरालाको भनाइ छ ।

नेपाल–भारतबीच दैनिक ठूलो सङ्ख्यामा मानिसको आवतजावत हुने रानी नाकामा व्यवस्थित पार्किङ, सफा वातावरण, पर्याप्त सार्वजनिक शौचालय र प्रभावकारी सुरक्षा व्यवस्थापन लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ६ : ०६ बजे

रानी नाकालाई व्यवस्थित बनाउन संयुक्त अनुगमन

विराटनगर– नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित,

राष्ट्रिय खेलकुद : जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

जुम्ला– जुम्लामा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल मङ्सिर १२ गते शनिबार सन् २०२६

आज २०८३ साल मङ्सिर १२ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर १२ गते शनिबार सन् २०२६