काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिन्छ : कांग्रेस नेता सिंह « Khabarhub

काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिन्छ : कांग्रेस नेता सिंह


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न ध्यान दिनेसमेत बताए ।

केही हुँदै भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले २०४६ सालपछिको विकास र प्रगति कांग्रेसकै नेतृत्वमा भएको दाबी गरे । उनले नेपालको प्रजतान्त्रिक र लोकतान्तित्रक आन्दोलनका साथै परिवर्तनमा कांग्रेसले इतिहास रचेकै भएर इतिहासको कुरा गरेको बताए ।

तर इतिहासको कुरासँगै कांग्रेसले जनचाहानाअनुरुप समयअनुसार आफ्ना कार्यक्रम लिएर जनतामा जाने पनि नेता सिंहले बताए । अब देश विकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्ने भन्दै नेता सिंहले जनताले अनुभव गर्नेगरी काम हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ३ : ०४ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं