मधुशालामा गोली चल्दा चार जनाको मृत्यु « Khabarhub

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स- अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बन्दुकधारीसमेत चार जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

गोली हानाहान भएका बेला सुरक्षा अधिकारी पनि नजिकै रहेकाले घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ । घटनामा कुनै पनि सुरक्षा अधिकारी घाइते भएका छैनन् ।

“घटनास्थलमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ । घाइते छ जनालाई अस्पतालमा लगिएको छ,” ओरेन्ज काउन्टीका शेरिफले सामाजिक सञ्जालमा भनेका छन् । स्रोतलाई उद्धृत गर्दै ओरेन्ज काउन्टीले घरायसी विवादका कारण घटना भएको बताएको छ । वारुणयन्त्र विभागका वरिष्ठ अधिकारी ब्रायन फेनेसीले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

बन्दुक हिंसाबाट संयुक्त राज्य अमेरिका आक्रान्त भएको छ । बन्दुक आक्रमणमा परी यो देशमा हरेक वर्ष हजारौँले ज्यान गुमाउँदै आएका छन् । आजको गोलीकाण्ड लस एन्जलसबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको कुकस कर्नर बारमा भएको हो । यो स्थान ‘बाइकर’ हरूको लागि लोकप्रिय मानिन्छ ।

आक्रमणकारी कानुन कार्यान्वयन गर्ने पूर्वअधिकारी भएको अनुमान गरिएको छ । घटनास्थलबाट एउटा हतियार पनि बरामद गरिएको छ ।

अमेरिकामा गोलीकाण्डका घटना नियमित रुपमा हुने गरेका छन् भने सञ्चारमाध्यममा बन्दुक हिंसाका समाचार प्रमुख शीर्षक बन्ने गरेका छन् । यो महिनाको पहिलो दिनसम्मको तथ्याङ्कअनुसार यो वर्ष २५ हजार एक सय ९८ जनाले ज्यान गुमाएका छन् ।

बन्दुक हिंसाको अभिलेख राख्ने संस्था गन भइलेन्स आर्काइभले सरदर दैनिक एक सय १८ जना मारिने गरेको जनाएको छ । सात महिनाको यो अवधिमा आठ सय ७९ किशोर र एक सय ७० बालबालिकाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ३ : ५९ बजे

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई