मधुशालामा गोली चल्दा चार जनाको मृत्यु | Khabarhub Khabarhub

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स- अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बन्दुकधारीसमेत चार जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

गोली हानाहान भएका बेला सुरक्षा अधिकारी पनि नजिकै रहेकाले घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ । घटनामा कुनै पनि सुरक्षा अधिकारी घाइते भएका छैनन् ।

“घटनास्थलमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ । घाइते छ जनालाई अस्पतालमा लगिएको छ,” ओरेन्ज काउन्टीका शेरिफले सामाजिक सञ्जालमा भनेका छन् । स्रोतलाई उद्धृत गर्दै ओरेन्ज काउन्टीले घरायसी विवादका कारण घटना भएको बताएको छ । वारुणयन्त्र विभागका वरिष्ठ अधिकारी ब्रायन फेनेसीले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

बन्दुक हिंसाबाट संयुक्त राज्य अमेरिका आक्रान्त भएको छ । बन्दुक आक्रमणमा परी यो देशमा हरेक वर्ष हजारौँले ज्यान गुमाउँदै आएका छन् । आजको गोलीकाण्ड लस एन्जलसबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको कुकस कर्नर बारमा भएको हो । यो स्थान ‘बाइकर’ हरूको लागि लोकप्रिय मानिन्छ ।

आक्रमणकारी कानुन कार्यान्वयन गर्ने पूर्वअधिकारी भएको अनुमान गरिएको छ । घटनास्थलबाट एउटा हतियार पनि बरामद गरिएको छ ।

अमेरिकामा गोलीकाण्डका घटना नियमित रुपमा हुने गरेका छन् भने सञ्चारमाध्यममा बन्दुक हिंसाका समाचार प्रमुख शीर्षक बन्ने गरेका छन् । यो महिनाको पहिलो दिनसम्मको तथ्याङ्कअनुसार यो वर्ष २५ हजार एक सय ९८ जनाले ज्यान गुमाएका छन् ।

बन्दुक हिंसाको अभिलेख राख्ने संस्था गन भइलेन्स आर्काइभले सरदर दैनिक एक सय १८ जना मारिने गरेको जनाएको छ । सात महिनाको यो अवधिमा आठ सय ७९ किशोर र एक सय ७० बालबालिकाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ३ : ५९ बजे

दशैँमा नेपालीले कति खाए मासु ?

काठमाडौं – यतिबेला देश हिन्दू धर्मालम्बीहरूको महान पर्व दशैैंमय छ

पाहुनालाई स्थानीय घुँगीको परिकारले सत्कार

बाँके– बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा दशैँ मनाउन आएका

चिनीकाजीको दशैँ : नेताको घरमा टीका थाप्न जान्न, आफू पनि कसैलाई बोलाउँदिन 

महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन काठमाडौंका रैथाने

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि आज

निःशुल्क आँखा परीक्षण शिविर

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३