पदमा रहँदा कानूनअनुसार नै काम गरेको छु, हतकडी लगाउने कुनै ठाउँ छैन : अध्यक्ष ओली « Khabarhub

पदमा रहँदा कानूनअनुसार नै काम गरेको छु, हतकडी लगाउने कुनै ठाउँ छैन : अध्यक्ष ओली


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विभिन्न पदमा रहँदा कानूनबमोजिम नै काम गर्ने गरेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्ला भेलालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा गृहमन्त्री हुँदा गरेका काम कारवाहीहरु कानूनबमोजिम नै भएको भन्दै आफूलाई हतकडी लगाउने कुनै ठाउँ नभएको बताएका हुन् ।

विरोधीहरुले सत्यका विरुद्धमा काम गर्छन् भन्ने आफूहरुलाई थाहा भएको र कानूनी रुपमा पनि कतै एक शब्द गल्ती नहोस् भनेर आफू सतर्क रहेको धारणा राखे । अध्यक्ष ओलीले अहिलेका विभिन्न प्रकरणहरुलाई ढाकछोप गर्न झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयलाई उचालेको आरोप लगाए ।

उनले सुन तस्करी प्रकरणको तत्काल छानबिनका लागि सरकार डराएका कारण एक महिनापछि मात्रै छानबिन गर्नेगरी उच्चस्तरीय आयोग गठनमा सहमति भएको जिकिर गरे ।

उनले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा राजस्वले छाडेको र अहिले क्वीन्टल सुन टक्सारमा आउदा ६० किलोमा झर्नु शंकास्पद रहेको धारणा राखे । ओलीले विद्युतीय चुरोटभित्र लुकाएर ल्याएको सुन पनि यसअघि भन्सारबाटै गायब गरेको कुरालाई एमालेले उठाउदा विषयान्तर गर्न खाजिएको तर्क गरे ।

त्यस्तै उनले कोशी प्रदेशको नामाकरणमा मत दिएर बाहिर निस्किपछि प्रचण्ड र माधव नेपालका कार्यकताले पूर्वमा आन्दोलन चर्काएको आरोप लगाए । विभिन्न बहानामा नेपाली जनतालाई जुधाएर ताली बजाउने काम एमालेलाई स्वीकार्य नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ४ : ०९ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी