रोयल इनफिल्डको एक्सचेन्ज मेला भदौ १० देखि सुरु हुने | Khabarhub Khabarhub

रोयल इनफिल्डको एक्सचेन्ज मेला भदौ १० देखि सुरु हुने


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोयल इनफिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि. ले एक्सचेन्ज मेला कार्यक्रम भदौ १० देखि १५ गतेसम्म आयोजन गर्ने भएको छ ।

यस कार्यक्रममा ग्राहकहरूलाई ‘स्पट एक्सचेन्ज’ ‘बेस्ट भ्यालुएसन’ र ‘स्पट फाइनान्स’ लगायतकाे सुविधा उपलब्ध हुनेछ । यी सुविधाले ग्राहकलाई पुरानो दुई पाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्नेछ ।

हाल रोयल इनफिल्डका क्लासिक ३५० सीसी र स्क्र्याम ४११ सीसी मोडेलहरू उपलब्ध छन्। रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना गर्नेछ ।

ग्राहकसँग आफ्नो मोटरसाइकलको उत्तम मूल्याङ्कनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्प हुनेछ भने स्पट फाइनान्सको लागि वित्तीय संस्था पनि हुनेछन् ।

यी सबै सुविधाका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पट एक्सचेन्ज प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ४ : ४८ बजे

द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको

एसएस राजामौलीको फिल्ममा हलिउड निर्देशक जेम्स क्यामरुन 

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार महेश बाबु हाल चर्चित निर्देशक एस.एस.

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ– साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत

तीजमा कस्तो दर कसरी खाने ?

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर