रोयल इनफिल्डको एक्सचेन्ज मेला भदौ १० देखि सुरु हुने « Khabarhub

रोयल इनफिल्डको एक्सचेन्ज मेला भदौ १० देखि सुरु हुने


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोयल इनफिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि. ले एक्सचेन्ज मेला कार्यक्रम भदौ १० देखि १५ गतेसम्म आयोजन गर्ने भएको छ ।

यस कार्यक्रममा ग्राहकहरूलाई ‘स्पट एक्सचेन्ज’ ‘बेस्ट भ्यालुएसन’ र ‘स्पट फाइनान्स’ लगायतकाे सुविधा उपलब्ध हुनेछ । यी सुविधाले ग्राहकलाई पुरानो दुई पाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्नेछ ।

हाल रोयल इनफिल्डका क्लासिक ३५० सीसी र स्क्र्याम ४११ सीसी मोडेलहरू उपलब्ध छन्। रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना गर्नेछ ।

ग्राहकसँग आफ्नो मोटरसाइकलको उत्तम मूल्याङ्कनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्प हुनेछ भने स्पट फाइनान्सको लागि वित्तीय संस्था पनि हुनेछन् ।

यी सबै सुविधाका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पट एक्सचेन्ज प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ४ : ४८ बजे

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा