संसद विकास कोषबारे सर्वोच्चको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत : प्रमुख सचेतक लेखक « Khabarhub

संसद विकास कोषबारे सर्वोच्चको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत : प्रमुख सचेतक लेखक


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले सदनले पास गरेको विनियोजन विधेयकमा रहेको संसद विकास कोषसम्बन्धी विषय कार्यान्वयन नगर्नू भनेर सर्वोच्चले दिएको आदेश आधारभूत रुपले लोकतन्त्रको शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको बताएका हुन् ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले सीमा भित्र रहेर काम गर्नुपर्ने भन्दै उनले राज्यका तीन अंगले अर्काको सीमामा हस्तक्षेप गर्दा लोकतन्त्र कमजोर हुने जिकिर गरे । उनले आफूसँग भएको स्रोतको विनियोजन गर्ने कानून बनाउने काम संसदको काम भएकाले यसलाई हस्तक्षेपले संसदीय व्यवस्थालाई कमजोर बनाउने धारणा राखे ।

लेखकले न्यायिक क्रियाशिलताले धेरै देशहरुमा लोकतन्त्रलाई समाप्त पार्ने काम गरेको समेत बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ५ : ३६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग