बैतडीमा मंगलबार बेलुका विद्यालयबाट फर्केका शिक्षक घर आएनन्, चप्पल भेटियो, मान्छे बेपत्ता « Khabarhub

बैतडीमा मंगलबार बेलुका विद्यालयबाट फर्केका शिक्षक घर आएनन्, चप्पल भेटियो, मान्छे बेपत्ता


७ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनीका ५२ वर्षीय जयबहादुर बोहरा मंगलबार साँझदेखि बेपत्ता भएका हुन् ।

लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते मंगलबार बेलुका विद्यालयबाट घर फर्किदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

शिक्षक बोहरा बेपत्ता भएको प्रहरीलाई बुधबार साँझ मात्रै बोहराका दाजुले खबर गरेका थिए ।

बेपत्ता शिक्षकको स्थानीय गन्नीगाडको छेउमा चप्पल भने फेला परेको प्रहरीले बताएको छ । बेपत्ता शिक्षक बोहराको खोजीको लागि प्रहरीको टोली गन्नीगाड क्षेत्रमा परिचालन गरिएको छ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ६ : २४ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम