भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण « Khabarhub

भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

भरतपुर- भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ । हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो ।

अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा मनोज कँडेलका अनुसार भदौ ३ गते अस्पताल भर्ना भएकी उनको भदौ ५ गते जोर्नी प्रत्यारोपण गरिएको हो । हाल गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

एनेस्थेसिया (शल्यक्रिया गर्दा बेहोस बनाउने काम) र शल्यक्रियाका हिसाबले चुनौतीपूर्ण रहेपनि सफलतापूर्ण शल्यक्रिया गरिएको डा कँडेलले बताए । उनका हनुसार बिरामीको हिपको गेडी परिवर्तन गरिएको छ ।

गुरुङलाई अस्पतालको हाडजोर्नी विभागमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखी उपचार भइरहेको डा कँडेलले जानकारी दिए । उनले भने, “उहाँ हिँड्न थाल्नुभएको छ । विस्तारै निको हुने विश्वास हामीले लिएका छौँ ।”

सबैभन्दा धेरै उमेरमा सफल शल्यक्रिया गरिएको अस्पतालको यो पहिलो घटना भएको उनले दाबी गरे ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ६ : ५८ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६