इन्जिनियरिङ्गमा स्नातक तहको शुल्क वृद्धि खारेज नभए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी « Khabarhub

इन्जिनियरिङ्गमा स्नातक तहको शुल्क वृद्धि खारेज नभए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त विद्यार्थी संगठनले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा भएको शुल्क वृद्धि बिनासर्त खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगाएतले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी र अभिभावकको ढाड सेक्नेगरी अस्वभाविक रूपमा भएको शुल्क वृद्धि बिनासर्त खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

२४ घण्टाभित्र शुल्क बृद्धि खारेज नभए कडा आन्दोलन गर्ने र त्यसबाट उत्पन्न हुने अवस्थाका जिम्मेवारी स्वयं इन्जिनियरिङ्ग अध्ययन संस्थान हुने अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको भनाइ छ । उनका अनुसार इन्जिनियरिङ्ग अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा अकस्मात दोब्बरभन्दा बढी शुल्क बढाउँदा आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग शिक्षाबाट वञ्चित गराउने निश्चित छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क. अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो । इन्जिनियरिङ्गतर्फको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्क तर्फ ३ लाखबाट बढाएर ७ लाख ७५ हजार पुर्या इएको संयुक्त विद्यार्थी संगठनको आरोप छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : २५ बजे

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए