कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित « Khabarhub

कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

झापा – डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ सङ्क्रमित भएका छन् ।

डेङ्गुबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए । उनका अनुसार यहाँ १५ हजार नौ सय ५२ जना सङ्क्रमित भएका छन् ।

प्रदेशका १४ जिल्लामै डेङ्गु सङ्क्रमण फैलिएको चम्लागाईँले बताए । उनका अनुसार मोरङमा तीन हजार तीन सय ६३ सङ्क्रमित हुँदा एकको मृत्यु भएको छ भने झापामा एक हजार चार सय २० सङ्क्रमित भएकामा एकको मृत्यु भएको छ ।

तराई, मधेस, पहाड र हिमाली सबै जिल्लामा डेङ्गु फैलिएको चम्लागाईँले बताउनुभयो । “विशेष गरी गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ”, उनले भने, “डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् ।” सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालहरूमा डेङ्गुका बिरामीको उपचार भइरहेको उहाँले जानकारी दिए ।

चम्लागाईँका अनुसार साउनदेखि हालसम्ममा तेह्रथुममा एक सय १५, पाँचथरमा ४७, इलाम एक सय ६८, उदयपुर चार सय ४९, धनकुटामा दुई सय ६४, भोजपुरमा एक सय ५४, सङ्खुवासभामा दुई सय ६०, ओखलढुङ्गामा पाँच, ताप्लेजुङमा ३३, खोटाङ र सोलुखम्बुमा पाँच÷पाँच जना डेङ्गुका बिरामी फेला परेका छन् ।

डेङ्गु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेङ्गुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्ने तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । “सामान्य भन्दा निकै तीव्र ज्वरो आउनु, खानाको स्वाद थाहा नहुनु, टाउको दुख्नु, आँखा र नाकबाट रगत बग्नुलगायत लक्षण देखिएका डेङ्गु भएको हुन सक्छ”, उनले भने ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ९ : ०७ बजे

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने

कांग्रेसले फागुन २१ को चुनावका लागि देशभर केन्द्रीय संयन्त्र परिचालन गर्ने

काठमाडौं– आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली

माओवादीका राजेश लामा एमाले प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष

पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतंकवादी आक्रमणको प्रतिक्रिया