राहत शिक्षकले आज पनि प्रदर्शन गर्ने  | Khabarhub Khabarhub

राहत शिक्षकले आज पनि प्रदर्शन गर्ने 


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राहत शिक्षकहरूले आज पनि आन्दोलन जारी राख्ने भएका छन् । गत शुक्रबार सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकहरूले आन्दोलन जारी राखेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन बञ्चित शिक्षक केन्द्रीय समितिले हिजो छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आन्दोलन जारी राख्ने जनाएका हुन् ।

महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने राहत शिक्षकको अडान छ ।

माग पुरा नभएसम्म आन्दोलन जारी रहने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । 

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुको भनाइ छ ।

उनका अनुसार शुक्रबार सरकारसँग भएको सहमतिमा ५० हजार भन्दा बढी राहत शिक्षकहरू असन्तुष्ट रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : २२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका