राहत शिक्षकले आज पनि प्रदर्शन गर्ने  « Khabarhub

राहत शिक्षकले आज पनि प्रदर्शन गर्ने 


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राहत शिक्षकहरूले आज पनि आन्दोलन जारी राख्ने भएका छन् । गत शुक्रबार सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकहरूले आन्दोलन जारी राखेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन बञ्चित शिक्षक केन्द्रीय समितिले हिजो छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आन्दोलन जारी राख्ने जनाएका हुन् ।

महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने राहत शिक्षकको अडान छ ।

माग पुरा नभएसम्म आन्दोलन जारी रहने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । 

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुको भनाइ छ ।

उनका अनुसार शुक्रबार सरकारसँग भएको सहमतिमा ५० हजार भन्दा बढी राहत शिक्षकहरू असन्तुष्ट रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : २२ बजे

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज