हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार केसी र सिलवाललाई | Khabarhub Khabarhub

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार केसी र सिलवाललाई


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकारद्वय महेश केसी र शिव सिलवाललाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले आइतबार काठमाडौँमा आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार–२०८०’ वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त पुरस्कार प्रदान गरिन् ।

पुरस्कार बितरण कार्यक्रममा मन्त्री शर्माले पत्रकारिता क्षेत्रमा टिकिरहनका लागि सरकारले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाइरहेको जानकारी दिइन् ।

पत्रकार हेम भण्डारी र क्यामेरा पर्सन सुनील सिहंको २०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

उनीहरूको सम्झना नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले २०६४ सालमा रू पाँच हजार राशिको पुरस्कार स्थापना गरेको थियो । उक्त पुरस्कारको राशी यस वर्षदेखि रू एक लाख कायम भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ४ : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’