सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाकजस्तो भयो; बम ठानेको, सलाइको काँटीजत्ति पनि पड्किएन : सभापति लामिछाने « Khabarhub

सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाकजस्तो भयो; बम ठानेको, सलाइको काँटीजत्ति पनि पड्किएन : सभापति लामिछाने


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभास भएको टिप्पणी गरेका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तगर्तको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले गृहमन्त्रीले राम्रो काम गरेको भनी आफूले रोस्ट्रमबाट धन्यवाद ज्ञापन गरेको स्मरण गर्दै अहिले भने यस प्रकरणमा सरकार अलमलिएजस्तो भएको टिप्पणी गरे ।

यस प्रकरणको अनुसन्धानबाट ठूलो अपेक्षा राखिएको भएपनि अहिले भद्दा मजाकजस्तो भएको उनको टिप्पणी छ । उनले यस अनुसन्धान बम होला भन्ने अपेक्षा गरिएको भएपनि पटाका र सलाइको काँटीजत्ति पनि नपड्किएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ५ : २३ बजे

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र

मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्ना शहरमाथि आक्रमण रोकिएको देखिने

सरकारी संरचना तोडफोड र जलाउने योजनाकारलाई भोट नहाल्न एमाले नेता दाहालको आग्रह

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवम्

अमेरिकी सरकार सटडाउनतर्फ

एजेन्सी– अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय

यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’

बाकु- अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि