देश/प्रदेश

माल्टा पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

September 24, 2023

काठमाडौँ- माल्टा पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका घर भई हाल ललितपुरको भैसिपाटी बस्ने ३५ वर्षीय रमेश बडु रहेका छन् ।

उनले कुम्भराज जोशीसमेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ती ७ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछी होटेलमा मा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजारभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितहरुबाट पटक पटक गरी १३ लाख १५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकाले उनलाई पक्राउ गरिदिन वैदेशिक रोजगार विभागले पत्रचार गरेसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।