नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार चम्पारण वडा न १० का जागा चौधरी रहेका छन् । उनलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथमा भारतीय आधार कार्ड, नेपाली नागरिकता, नेपाली नागरिकता प्रयोग गरि लिएको सवारी चालक अनुमती पत्र फेला पारेको जनाएको छ ।चौधरीको अहिले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत रहेको छ ।

वि.स २०६३ सालमा नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको मौकामा चौधरीले झुट्टा विवरण पेश गरी नागरिकता लिएको प्रहरीको आरोप छ । चौधरीविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : २५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास