प्रधानसेनापति शर्मा भारत प्रस्थान « Khabarhub

प्रधानसेनापति शर्मा भारत प्रस्थान


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म आयोजना हुने १३औँ इण्डो–प्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नुपूर्व आजै प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् । भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १० : ४६ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका