देश/प्रदेश

लागुऔषधसहित एकजना पक्राउ

By खबरहब

September 24, 2023

इलाम – माई नगरपालिका –४ लखनचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४.०८ मिलिग्रामसहित सोही नगरपालिका–४ शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जिवी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी दानाबरीबाट खटिएको प्रहरीले शंकास्पद रुपले हिडिँरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।