टीकाले छालामा हुने एलर्जीबाट कसरी जोगिने ? | Khabarhub Khabarhub

टीकाले छालामा हुने एलर्जीबाट कसरी जोगिने ?


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

आज विजयदशमी अर्थात् टिकाको दिन धेरै जना टिको लगाउन जाने तयारीमा हुनुहुन्छ होला अनि कोहीले त लगाई पनि सक्नुभयो होला । तर निधारमा लगाएको टिकोले एलर्जी पनि हुने गरेको छ । टिको लगाइसकेपछि छालालाई छालाको एलर्जी हुनेले कसरी बच्ने ? यस्तो समयमा कसरी छाला बचाउन सकिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. शिष्टता राजभण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

दसैँमा लगाउने टिकोले कतिपयलाई छालामा एलर्जी हुने गर्छ, कसरी छाला बचाउन सकिन्छ ?
दसैँमा विशेष गरी टिकोको ठुलो महत्त्व छ । यसमा राखिने अपिर वा रङले छालामा समस्या निम्त्याउन सक्छ । त्यसैले हामीले छालाको पनि ख्याल गर्नु पर्दछ । त्यसले गर्दा एलर्जी हुँदैन । हामीले सबैभन्दा पहिला मुख धोएर ‘मोइस्चराइजर’ लगाउनु पर्दछ । त्यसले छालालाई प्रोटेक्टिभ लेयर दिन्छ । र, त्यसको ५ मिनेटपछि आफ्नो छाला अनुसारको सनक्रिम लगाउनु पर्छ । एक पटक लगाएको सनक्रिमले तीनदेखि चार घण्टा काम गर्दछ । यसरी टिको लगाउँदा असर कम हुन्छ ।

सनक्रिम, मोइस्चराइजर सबै एकै पटक लगाउँदा चाहिँ के हुने हो ?
छालामा धेरै नै असर गर्ने भन्ने त होइन यसरी एकै पटक लगाउँदा पनि केही हुँदैन । तर समय दिँदै लगाउँदा छालामा राम्रोसँग मिल्न पाउँछ । एकै पटक लगाउँदा मयलजस्तो भएर जान्छ ।

टिको लगाएपछि एलर्जी हुने कारण के हो ?
टिको लगाउँदा कतिपयले अबिर मिसाएर लगाउँछन् । अबिर पनि धेरै प्रकारको आउँछ । कुनै केमिकल भएको हुन्छ । त्यसैले कसैलाई एलर्जी भएर तुरुन्तै फोका आउने र चिलाउने हुन्छ । कसैलाई भोलिपल्टसम्म राख्दा एलर्जी हुन्छ । त्यसैले आज लगाएको टिको भोलिपल्टसम्म नराखी बेलुका नै राम्ररी निधार सफा गर्नुपर्छ। आफन्त वा मान्यजनकोमा टिको थाप्न गएपछि आफूले मोइस्चराइजर राम्ररी लगाएको छ भने तत्काल एलर्जी हुँदैन ।

कस्तो छालामा एलर्जी हुने र कस्तोमा नहुने हुन्छ ?
सुख्खा छाला भएको व्यक्तिमा एलर्जी हुने सम्भावना बढी हुन्छ । किनभने सुख्खा छालाको माथिल्लो लेयरमा सेरामाईजहरु कम्पोनेन्टहरू हुन्छन्, त्यो कमी भएको कारणले एलर्जी हुने सम्भावना बढी हुन्छ । तर एलर्जी कसलाई बढी हुन्छ, अनुहार हेरेर भन्न सकिँदैन ।

टिकाको रंगहरु गाढा हुन्छ, साधारण तरिकाले धुँदा धेरै दिनसम्म जाँदैन, कसरी सफा गर्ने ?
टिकाको रंगहरु जबरजस्ती निकाल्न खोज्दा झन् छालामा इरिटेसन हुने र चिलाउने हुन्छ । त्यसैले आफ्नो फेसवासले जति जान्छ, त्यति मात्र गर्ने । त्यो दैनिक रूपमा धुँदा बिस्तारै पखालिँदै जान्छ । एक पटक सफा गर्दा नगए दुई पटकसम्म सफा गर्न सकिन्छ । तर धेरै नै एलर्जी भयो भने विशेषज्ञकोमा नै जानु पर्दछ ।

छालामा एलर्जी नहोस् भनेर के गर्न सकिन्छ ?
बिहान उठ्ने बित्तिकै राम्ररी मुख धुने र आफ्नो छाला अनुसारको सेरम लगाएर मोइस्चराइजर र सन क्रिम लगाउँदा तत्काल एलर्जी हुँदैन । त्यसैले सामान्य छालाको ख्याल गरियो भने तुरुन्तै एलर्जी हुँदैन । र आफूखुसी सेरम प्रयोग गर्नुभन्दा विशेषज्ञहरूको सल्लाह लिएर आफ्नो छालाको प्रकार थाहा पाउने र त्यही अनुसारको सेरम प्रयोग गर्नु पर्दछ । अरूले यो लगायो म पनि त्यही लगाउँछु भन्नु हुँदैन ।

सुरुवातदेखि नै कसरी आफ्नो छालाको ख्याल गर्याे भने कुनै पनि समस्या आउँदैन ?
साधारणतया छालामा समस्या आएका बिरामीहरू सोझै अस्पतालमा आउनुहुन्न । धेरै फार्मेसीमा गएर धेरै क्रिम लगाएर आउनुहुन्छ । जसका कारण छाला धेरै बिग्रिसकेको हुन्छ । त्यो उपचार गर्न हामीलाई पनि गाह्रो हुन्छ । त्यसैले जुन पायो त्यही क्रिम र मलमहरू लगाउनु हुँदैन । आजकल मान्छेहरूले बिहानदेखि बेलुकासम्म घरेलु केयर गर्नुहुन्छ । सुख्खा छाला छ भने बिहान उठेर फेसवासहरु प्रयोग गर्नुपर्छ । ओइली स्क्रिन छ भने त्यही अनुसारको फेसवास पाउँछ, त्यसैले फेसवास गरेपछि सेरम लगाएर मोइच्राइजर लगाउने र घर भित्र नै बसे पनि तीन घण्टाको फरकमा सनक्रिम लगाउँदा राम्रो हुन्छ । धेरै मेकअप गर्नु हुन्छ भने डबल क्लीङजीङ पनि गर्नुपर्दछ ।

जुन पायो त्यही फेसवासहरु प्रयोग गर्दा असर गर्छ कि गर्दैन ?
आफ्नो छालाको प्रकार अनुसारको क्रिमहरू फेसवासहरु प्रयोग गर्दा असर गर्दैन । यद्यपी कसैको सुख्खा छालाछ, तर ओइली स्किनको क्रिमहरू प्रयोग गरियो भने त्यसले असर गर्न सक्छ जसका कारण एलर्जी हुने सम्भावना बढेर जान्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : ०१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर