नेपाल प्रहरी र सशस्त्रले आज काठमाडौँमा निःशुल्क बस सेवा सञ्चालन गर्ने « Khabarhub

नेपाल प्रहरी र सशस्त्रले आज काठमाडौँमा निःशुल्क बस सेवा सञ्चालन गर्ने


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीले विजयादशमीको दिन आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दसैँको टीका ग्रहणका लागि आवतजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ ।

दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरणमा निःशुल्क बस सञ्चालन हुने छन् । 

बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, नयाँ बसपार्क, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, जावलाखेल, थापाथली, माइतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुनःनक्शालसम्म सेवा दिने छ ।

यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यविनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्सालसम्म सेवा सञ्चालन हुने सशस्त्रले जनाएको छ ।
यसैबीच, नेपाल प्रहरीले पनि आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरीले बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म दुईवटा रुटमा निःशुल्क बस सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ६ : ५१ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो