दसैँको टीका कुन दिशा फर्किएर लगाउने ? « Khabarhub

दसैँको टीका कुन दिशा फर्किएर लगाउने ?


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

आज बडादसैँको मुख्य दिन विजयादशमी । यस दिन मान्यजनबाट टीका र जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठुलाबडाका हातबाट नव दुर्गाभवानीको प्रसाद टीका, जमरा थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि, दीर्घायु एवम् उत्तर उत्तर प्रगतिको कामना होस् भनी आशीर्वाद लिइन्छ ।

आजको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

दसैँ लगायत विभिन्न पूजा आजा तथा चाडपर्वमा नेपाली समाजमा कुन दिशामा बसेर लगाउँदा शुभ या अशुभ भन्ने कुराको उल्लेख गरिएको पाइन्छ ।

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको समितिले जनाएको छ ।

चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने मान्यता छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : १७ बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र