भारतले क्यानाडालीलाई भिसा जारी पुनः सुरु गर्ने  « Khabarhub

भारतले क्यानाडालीलाई भिसा जारी पुनः सुरु गर्ने 


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताएका छन् ।

“क्यानाडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले यदि त्यहाँ प्रगति भयो भने म स्वयं भिसाको समस्या पुनः सुरु गर्न चाहन्छु, यो चाँडै नै हुनुपर्छ भन्ने मलाई अपेक्षा छ”, उनले भने । 

मध्य सेप्टेम्बरमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाको भूमिमा सिख नेता हरदीप सिंह निज्जरको हत्यापछाडि भारत सरकारको एजेन्टहरूको हात भएको आरोप लगाएपछि क्यानाडा र भारतबीचको सम्बन्ध तनावपूर्ण भएको छ । 

भारतले उक्त आरोपलाई अस्वीकार गर्दै ‘तर्कहीन र प्रेरित’ भनेको छ । दुवै मुलुकले आफ्ना नागरिकलाई एकअर्को देशको यात्रा गर्दा ‘अत्यन्त सावधानी अपनाउन’ आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका साथै भारतले क्यानाडामा भिसा प्रशोधन केन्द्र सेवाहरू निलम्बन गरेको छ । 

गत साता क्यानाडाले क्यानाडाले ४१ कूटनीतिज्ञ र उनीहरूसँगै आएका ४२ आश्रितलाई भारतबाट फिर्ता बोलाएको थियो । भारत सरकारले उनीहरूको कूटनीतिक उन्मुक्ति खोस्ने धम्की दिएपछि क्यानाडाले उनीहरूलाई फिर्ता बोलाएको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : १६ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र