प्रसाईँको आन्दोलनमा कमल थापाको समर्थन « Khabarhub

प्रसाईँको आन्दोलनमा कमल थापाको समर्थन


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् । हिजो देखी काठमाडौंमा ‘ब्यवस्था विरोधी’ आन्दोलन गरिरहेका प्रसाईँ नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन । 

‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु, राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु,’ थापाले भनेका छन्, ‘जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म सदभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने पहलकदमी शुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछु।’

बिहीबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणाम स्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुःख लागेको जनाउँदै उनले घाईतेहरुको शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ०६ बजे

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी