महोत्तरीमा उत्कृष्ट आय कर दाखिल गर्ने करदाता सम्मानित « Khabarhub

महोत्तरीमा उत्कृष्ट आय कर दाखिल गर्ने करदाता सम्मानित


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा उत्कृष्ट आय कर दाखिल गर्ने ४ जनालाई करदाता सेवा कार्यालयले सम्मान गरेको छ । करदाता सेवा कार्यालय जनकपुर र बर्दिबासले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका उत्कृष्ट कर तिर्ने व्यापारी तथा संस्थाहरूलाई सम्मान गरेको हो ।

१२ औ कर दिवसको अवसरमा महोत्तरी कै सबैभन्दा बढी कर दाखिल गरेबापत आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा रक्षा टेडर्स एण्ड सप्लायर्सका सञ्चालक कुमार भण्डारीलाई सम्मान गरेको छ भने बर्दिवास सेवा कार्यालयले अन्य ३ जनालाई  पनि सम्मान गरेको छ ।

बर्दिवास सेवा कार्यालयबाट सम्मानित हुनेहरूमा महिला केन्द्र बहुउद्देश्य सहकारी संस्था, भावना आयल स्टोर्स र विकि कुखुरा तथा मतस्य फर्म गौशाला रहेका छन । बर्दिवास सेवा कार्यालय अन्तर्गत गौशाला नगरपालिका, बर्दिवास नगरपालिका र मिथिला नगरपालिका निर्धारण गरिएको छ ।

जसमध्य धनुषाको मिथिलावाट पनि ३ वटा संस्था सम्मानित भएका छन । सम्मानित हुनेहरुमा पशुपति प्लाई बोर्ड  उद्योग प्रा.लि, लालगढ मेडिकल हस्पिटल र मिथिला लघुवित्त वित्तिय संस्था रहेको करदाता सेवा कार्यालयका प्रमुख रवि श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ३४ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि