काठमाडौं – विश्वको शिर सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयुलगायत आठ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिने पदमार्ग कसका लागि रोमाञ्चक नहोला ? अझ वनस्पति, जीवजन्तु , किराँती संस्कृति र विशाल फाँटिला चरन र पाटनको एकमुष्ट स्वादले मुन्धुम पदमार्ग अहिले धेरैका लागि आकर्षण बनेको छ। अरुण नदीको तिरदेखि हिमालको शिरसम्मको यो पदमार्ग बेग्लै स्वाद पस्कने गन्तव्यका रुपमा परिचय स्थापित गर्दैछ।
पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सिमानामा अवस्थित यो पदमार्ग खोटाङको साकेला गाउँपालिकाको तावाभन्ज्याङदेखि सुरु भएर भोजपुरको साल्पासिलिछो गाउँपालिका हुँदै जिल्ला सदरमुकामको टक्सार बजारसम्म रहेको छ। यो पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो आगमन हुने गरेको छ।
पदमार्गको मुख्य विशेषता भनेको सहज रुट, करिब ३१ सय मिटरको उचाईमा रहेको टेम्के डाँडाबाट देखिने मकालु, चामलाङ, ल्होत्से, कञ्चनजंघा, सगरमाथालगायत हिमालय पर्वतमालाको मनोरम हिमालय दृश्यावलोकन प्रमुख रहेको छ।
अझ वनस्पति, जीवजन्तु , किराँती संस्कृति र विशाल फाँटिला चरन र पाटनको एकमुष्ट स्वादले मुन्धुम पदमार्ग अहिले धेरैका लागि आकर्षण बनेको छ। अरुण नदीको तिरदेखि हिमालको शिरसम्मको यो पदमार्ग बेग्लै स्वाद पस्कने गन्तव्यका रुपमा परिचय स्थापित गर्दैछ।
पदयात्राको पहिलो दिन काठमाडौंबाट करिब २२३ किलोमिटर पार गरेपछि धार्मिकस्थल हलेसी पुगिन्छ। मुन्धुम ट्रेलको अर्को आकर्षण किराँत ऐतिहासिक थलो तुवाचुङ जायजुम पनि हो। हलेसीभन्दा केही माथि तुवाचुङ जायजुम पर्छ। रूपाकोट विभिन्न जैविक विविधता, जनावर अवलोकनका लागि प्रख्यात मानिन्छ।
३ हजार ३ सय ५० मिटर अग्लो टेम्केडाँडाको फेद हुँदै अघि जाँदा विभिन्न हिमशृंखला र विभिन्न प्रजातिका गुराँसले पर्यटकलाई लोभ्याउँछ। पदमार्ग भोजपुर र खोटाङको केपिलासगढी गाउँपालिकाको बीचमा पर्ने धोद्रे देउराली हुँदै अघि बढ्छ। यसै मार्गमा पर्छ, ३ हजार ३ सय ५० मिटर अग्लो मैयुडाँडाको हाँसपोखरी। यहाँ चौरीको दूध, मोही, दही, घिउलगायत स्थानीय खाना पाइन्छ। मैयुडाँडाको हाँसपोखरी हुँदै खोटाङको केपिलासगढी गाउँपालिकाको लौरेडाँडा आसपासमा रावाढाप पुगिन्छ। यहाँ रेडपान्डा, भीरमौरीको अवलोकन गर्न सकिन्छ।
पदमार्गमा निर्मित मुन्धुम संस्कारमा आधारित संरचना, किराँती संस्कार संस्कृतिको बारेमा अध्ययन अवलोकन, रैथाने ज्ञानको खुला विश्वविद्यालयको रुपमा परिचित छन्। यसबाहेक १५ प्रजातीका गुराँसका फूल, जैविक विविधता, पशुपन्छीका बारेमा अध्ययन अवलोकन गर्न पाइन्छ।
यो पदमार्गको आफ्नै इतिहास छ। आजभन्दा २३ वर्षअघि भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक भोला राई, उत्तम राई, कमलजंग राई, ध्यानेन्द्र राई, पर्वत राई, रामकुमार राई, इन्द्रदेव राई, धनकुमार राई, सुरेन्द्र राई, पाविहाङ राईले भोजपुरमा पर्यटन क्षेत्रको विकासका लागि एउटा अभियान चलाए। यही छलफलको निरन्तरताले मुन्धुम पदमार्गको लक्ष्मणरेखा कोरियो।
पदमार्गमा निर्मित मुन्धुम संस्कारमा आधारित संरचना, किराँती संस्कार संस्कृतिको बारेमा अध्ययन अवलोकन, रैथाने ज्ञानको खुला विश्वविद्यालयको रुपमा परिचित छन्।
२०५८ सालतिर स्थापना भएको आदिवासी अध्ययन अनुसन्धान केन्द्रले पदमार्गको स्थापना र त्यसको प्रभावका विषयमा अध्ययन गरेको थियो। २०६२/०६३ को सफल जनआन्दोलनपछि देशमा विभिन्न सांस्कृतिक धार्मिक तथा मनोरञ्जनमूलक महोत्सव हुन थाले। यसैक्रममा भोजपुर सदरमुकाममा भोजपुर महोत्सव, दिङला महोत्सव, टेम्के महोत्सव, साल्पासिलिचुङ महोत्सव हुँदै २०७४ सालमा मैयुङ हाँसपोखरी महोत्सव सम्पन्न भयो। यही सफलताबाट उत्साही भएर काठमाडौंमा रहेका खोटाङ, भोजपुर, संखुवासभा र सोलुका केही पर्यटन व्यवसायीको भेलाले रमेश राईको अध्यक्षतामा मैयुटेम्के, साल्पासिलिचुङ पर्यटन प्रर्वद्धन केन्द्र नामक संस्था स्थापना गरी मुन्धुम पदमार्ग नामाकरण भयो।
समितिको सक्रियतामा पर्यटन विकास बोर्ड र टेम्केमैयुङ गाउँपालिकाको समन्वय तथा सहयोगमा उक्त पदमार्गको खोज तथा अध्ययन अनुसन्धान भ्रमण सम्पन्न भयो। जसमा पत्रकार अमृत भादगाउँले, पथपर्दशक इन्सुहाङ राई, हिमालयन म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्य, पर्यटन पत्रकार सुरेन्द्र राना मगर (गुरिल्ला) लगायत टेम्केमैयुङ गाउँपालिकाका तात्कालीन अध्यक्ष धुव्र राईको टिम रहेको थियो।
२०७६ सालमा साल्पासिलिछो गाउँपालिकाको आर्थिक सहयोगमा रमेश राई नेतृत्वको संस्थाले साल्पा र सिलिचुङ क्षेत्रको रेखांकन गरेको थियो। कोशी प्रदेशका तात्कालीन मुख्यमन्त्री शेरधन राईको समन्वय र स्वीस दूतावासको आर्थिक सहयोगमा पदमार्ग निर्माणले गति लिएको हो। प्रदेश सरकार र तालुकदार गाउँपालिकाको ९ करोडको लागतमा पदमार्ग पूर्वाधारका ७० प्रतिशत काम सम्पन्न भएका छन्।
यो पदमार्गको आफ्नै इतिहास छ। आजभन्दा २३ वर्षअघि भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक भोला राई, उत्तम राई, कमलजंग राई, ध्यानेन्द्र राई, पर्वत राई, रामकुमार राई, इन्द्रदेव राई, धनकुमार राई, सुरेन्द्र राई, पाविहाङ राईले भोजपुरमा पर्यटन क्षेत्रको विकासका लागि एउटा अभियान चलाए।
खोटाङको सोकला गाउँपालिकाको तावाभञ्याबाट सुरुहुने पदमार्ग भोजपुरको ट्याम्केडाँडा, चखेवा, धोदे्र, हाँसपोखरी, जुके, याकुले हुँदै लैरे, रावाधाप, साल्पा पोखरीबाट पुनः मैयुङ भएर एकरोत, बाघखोर हुँदै भोजपुर टक्सारस्थित विमानस्थलसम्म कुल १ सय ५३ किलोमिटर लम्बाई रहेको छ। उक्त पदमार्ग यात्रा पूरा गर्न नेपालीलाई सरदर ५ देखि ९ दिन र विदेशीको हकमा २० दिनसम्म लाग्ने स्थानीयको बुझाई छ। तर पर्यटकले छोटो दूरीको यात्रा भने ३ देखि ५ दिनमै पूरा गर्ने गर्छन्।
उक्त क्षेत्रको विकासका लागि टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आफूहरुले गुरुयोजना नै बनाएर काम गर्दै आएको उल्लेख गर्दै मुन्धुम पदमार्गले पालिका क्षेत्रमा पर्यटन विकास हुनुका साथै आर्थिक, सांस्कृतिक तथा धार्मिक विकासमा टेवा पुग्ने बताए।
बस्नेतले भने, ‘पर्यटकको विकाससँगै पालिकाले पदमार्ग क्षेत्रमा पर्यटक सूचना केन्द्र निर्माण, होम स्टेको व्यवस्था, खानेपानी तथा स्थानीय परिकार एवं खाद्यान्नको व्यवस्था, लालीगुराँस वृक्षारोपणका साथै भौतिक तथा अन्य संरचनाको विकास हुँदै आएको छ।’ पूर्वकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले टेम्केमैयुङ गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा उक्त पदमार्गलाई समावेश गरेर धेरै काम भएका छन्।
यता, भोजपुर याक चौरी कृषक महासंघ जिल्ला अध्यक्ष तथा मुन्धुम पदमार्ग क्षेत्रका अग्रज पाविहाङ राईले पदमार्गले जिल्लामा पर्यटन प्रर्वद्धन, स्थानीय उत्पादनको उपभोग, स्थानीय स्तरमा रोजगारको सिर्जना, पूर्वाधार विकासलगायत थुपै काम भएको बताए। उनका अनुसार पदमार्ग क्रममा यात्रा सहज, मनोरम भएसँगै निश्चित क्षेत्रमा हुनसक्ने जंगली जनावरको आक्रमण, पदमार्गमा रहेका आकर्षक क्षेत्र, बगैँचा, संरक्षण आवश्यक रहेको समेत उनले औंल्याए।
विकट मानिने मैयुङ क्षेत्रमा पर्यटकको चहलपहल बढेसगैँ गोठवालाले स्थानीय परिकार, चौरीको दूध, फापर, कोदो, गहुँको ढिडो, लोकल कुखुरा, रायो, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन्।
आन्तरिक पर्यटक विशाल तामाङले मुन्धुम पदमार्गमा पर्यटकका लागि सम्पूर्ण पूर्वाधार रहेको अनुभव आफूले संगालेको बताए। यात्रा क्रममा भेटिएका आन्तरिक र बाह्य पर्यटकको बाक्लो आकर्षणले आफूलाई उत्साही बनाएको उनको अनुभव छ।
आन्तरिक पर्यटक राजीव सापकोटाले साथीसँग दसैँ तिहारको बिदा मनाउन सोचे भन्दा धेरै राम्रो भएको बताए। उनले लोकल कुखुरा, चौरी लगायत स्थानीय खाद्यन्नको परिकारको स्वाद परीक्षण गर्नुका साथै लागतको हिसाबले अन्य ट्रेल जस्तो खर्चालुसमेत नभएको बताए।
स्थानीय उत्पादनको खपत
विकट मानिने मैयुङ क्षेत्रमा पर्यटकको चहलपहल बढेसगैँ गोठवालाले स्थानीय परिकार, चौरीको दूध, फापर, कोदो, गहुँको ढिडो, लोकल कुखुरा, रायो, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन्। मैयुङको हाँसपोखरी भन्दा माथि ढुङगा खर्केका मुन्धुम गोठ स्टेका सञ्चालक दुर्गाधन राईका अनुसार पदयात्रामा आन्तरिक क्षेत्रसँगै अमेरिका, कोरिया, जर्मनी, स्पेन, क्यानडा लगायत क्षेत्रका पर्यटकले स्थानीय उत्पादनलाई मन पराउँदा आफुहरु दंग हुने बताए।
चखेवा भञ्जयांगमा रहेको नमुना होटल एंण्ड लजका सञ्चालक विशाल राईका अनुसार पदमार्ग क्षेत्रमा दैनिक ६० जना भन्दा पर्यटकको आवतजावत हुने बताए। दसैँ-तिहार, नयाँ वर्षमा यो पदमार्गमा पर्यटकको भीड बढ्ने गरेको छ। कोशी प्रदेशले जारी गरेको गन्तव्य क्षेत्रमा उल्लेखीत मुन्धुम पदमार्गको विकास र प्रर्वद्धनका लागि स्थानीय, प्रदेश र संघ सरकारले विशेष ध्यान दिने हो भने भोजपुरको पर्यटन प्रर्वद्धनमा उक्त पदमार्ग कोशे ढुङगा बन्ने देखिन्छ।
रुट:
खोटाङ सदरमुकाम दिक्तेल
रुपाकोट
टेम्केडाँडा
धोद्रे देउराली
मैयुडाँडाको हाँसपोखरी
केपिलासगढी गाउँपालिकाको रावाढाप
सालपा बेसक्याम्प
सिलिचुङ डाँडा
ह्याकुले डाँडा
भोजपुरको सावागाउँ तिम्मा, टक्सार, भोजपुर बजार, सुन्तलेडाँडा पुगेर पदयात्रा समापन मुन्धुम ट्रेल (पदमार्ग) तावाभञ्जयांग, साल्पासिलिछो हुँदै भोजपुर टक्सारसम्म।
प्रतिक्रिया