सिप्रदीको सर्टिफाइड ग्यारेज अब गाईघाटमा पनि  « Khabarhub

सिप्रदीको सर्टिफाइड ग्यारेज अब गाईघाटमा पनि 


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक डिस्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूका लागि गाईघाटमा लक्ष्मी इन्टरप्राइजेज लाई सर्टिफाईड ग्यारेजलाई मान्यता प्रदान गरेको छ । बुधबार टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिव शर्मा तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले एक विशेष समारोहबीच उक्त वर्कसपको उद्घाटन गरेका छन् ।

सम्पूर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरूलाई सहज तथा आफ्नो स्थानमा सुविधाहरू प्रदान गर्ने उद्देश्यअनुरूप सर्टिफाइड ग्यारेज अवधारणाको विकास भएको हो । हाल नेपाल भरी १५ वाट सर्टिफाइड ग्यारेजलाई मान्यता प्रदान गरीग्राहकहरुलाई सहजरुपमा सेवा सुविधाहरु प्रदान गरिरहेको छ । 

नेपालभर सिप्रदीको २६ वटा सर्भिस सेन्टर, ७ वटा आधिकारिक सर्भिस सेन्टर, १५ वटा सर्टिफाइड ग्यारेज र १०० भन्दा बढी आकस्मिक मर्मत सेवा केन्द्रहरू रहेका छन् ।

टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड शर्माले टाटा गाडी बिक्रि गर्नुमात्र आफ्नो उद्देश्य नभई आजको आवश्यकतालाई पहिचान गरी कसरी परिपूर्ति गर्न सकिन्छ भन्ने कुरामा त्यतिकै जोड दिएको बताए ।

त्यसैगरी उपमेयेर राईले यस्ता व्यवसायहरुको स्थानिय स्तरमा निकै महत्वपूर्ण भुमिका रहेको हुन्छ । स्थानिय युवाहरुलाई देशमा नै स्वरोजगार बनाइ राष्ट्र निर्माणको बाटो रोजेकोमा शुभका दिइन् ।

लक्ष्मी इन्टरप्राइजेजका मेनेजिङ्ग डाइरेक्टर लक्ष्मी नारायण श्रेष्ठले टाटा मोटर्सको सम्पूर्ण सिस्टमहरुलाई अवलम्बन गर्दे ग्राहकहरूलाई उच्च कोटीको सेवा प्रदान गर्नमा  प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : ५९ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक