बोलचाल बन्द भएका कार्तिकलाई करणले दिए फिल्म | Khabarhub Khabarhub

बोलचाल बन्द भएका कार्तिकलाई करणले दिए फिल्म


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड निर्देशक करण जोहर र अभिनेता कार्तिक आर्यनबीचको सम्बन्धमा सुधार आएको छ । करणले कार्तिकको जन्मदिनको मौका पारेर उनकै प्रमुख भूमिकामा नयाँ फिल्मको घोषणा गरेपछि उनीहरुको मनमुटाव सकिएको बताइएको छ ।

करणले कार्तिकलाई लभ इमोजीसहित ‘हाम्रो सहकार्यलाई बलियो बनाउँदै लैजानुपर्छ’ भनेर शुभकामना दिएका कारण पनि उनीहरुको सम्बन्धमा सुधार आएको प्रस्ट हुन्छ ।

करणको धर्मा प्रोडक्सन र बालाजी टेलिफिल्मसको संयुक्त ब्यानरमा बन्ने फिल्मको नाम भने तोकिएको छैन । यद्यपि सन्दीप मोदीको निर्देशन रहने यो फिल्मको प्रदर्शन मिति भने २०२५ अगस्ट १५ लाई तय गरिएको छ ।

यस फिल्मलाई लिएर धर्मा प्रोडक्सनले कार्तिकलाई अनुबन्ध गरेको जानकारी दिँदै भनेको छ, ‘हामी नयाँ फिल्म निर्माणको घोषणा गर्न पाउँदा हर्षित छौं ।’

के कुरामा भएको थियो मनमुटाव ?

करण जोहरलाई बलिउडको ‘पावरफूल’ निर्माता र निर्देशक मानिन्छ । उनीसँगको दुस्मनी अन्य कलाकारको ‘करिअर’ नै संकटमा पर्ने सम्मको विश्लेषण गरिन्छ ।

कार्तिक फिल्म ‘दोस्ताना २’ मा सन् २०१९ मा दुई करोडमा अनुबन्ध भएका थिए । तर यस फिल्मको टोली सुटिङमा निस्केपछि करणले कार्तिकलाई २०२१ अप्रिलमा फिल्मबाट निकालेको घोषणा गरेका थिए ।

यसै कारण यी दुईको मनमुटाव सुरु भएको हो । यही समयमा करणले अब धर्मा प्रोडक्सनको ब्यानरबाट बन्ने फिल्ममा कार्तिक नदेखिने बताएका थिए । उदाउँदो करिअर बेला करणसँगको दुस्मनी कार्तिकलाई महँगो पर्ने भन्ने आँकलन गरिएको थियो ।

त्यसबेला कार्तिकले व्यवसायिक चरित्र नदेखाएको धर्मा प्रोडक्सनको आरोप थियो । कार्तिक दोस्तना २ को चलचित्रमा अनुबन्ध हुँदा चल्तीको नायक नभएकाले सस्तो रकममा सम्झौता गरेका थिए । दुई वर्षको व्यवसायिक करिअर फस्टाएकाले पारिश्रमिक २० करोड पुर्‍याउन उनले निर्माण पक्षलाई दबाब दिएका थिए र कोरोना महामारीको कारण देखाएर सुटमा समेत गएका थिएनन् ।

तर सोही समयमा कार्तिक ‘धमाका’ फिल्मको सुटिङका व्यस्त रहेको थाहा पाएपछि करण बिच्किएका थिए ।

करण र कार्तिकको सम्बन्ध चिसिनुको अर्को कारण अविश्वास पनि हो । कार्तिकले दोस्तना २ मा पहिलाकै पारश्रमिकमा काम गर्ने तर धर्मा प्रोडक्सनबाट बन्ने अर्को फिल्म अनुबन्ध गर्न दबाब दिए ।

‘टेबुल टक’ मा कार्तिकको यो दबाबपछि करणले आफूलाई नवनायकले अविश्वास गरेको ठहर गर्दै उनीसँग काम नगर्ने निर्णय लिए । उनीहरुको बोलचालसम्म बन्द भयो ।

बलिउडमा धर्मा प्रोडक्सनको ब्यानरमा काम गर्न स्थापित नायक–नायिका पनि लालायित हुन्छन् । तर, उदाउँदो करिअरकै बेला कार्तिकले ठूलो ब्यारको चलचित्र बार्गेनिङ गरेर छोडे । करणसँगको दुस्मनी कार्तिकलाई महँगो सावित हुने धेरैको अनुमान थियो ।

सम्बन्धमा सुधार

कार्तिले करण जोहोरसँगको मनमुटावका बारेमा मिडियामा बोल्न चाहेका थिएनन् । सायद उनलाई करण जोहोरसँगको दुश्मनीले करिअरमा धक्का लाग्ने डर थियो । अर्को कुरा उनी धर्मा प्रोडक्सनसँगको सहकार्य टुङ्ग्याउन चाहँदैन थिए ।

तर, करणले भने कार्तिकसँगको असन्तुष्टि मिडियामा घुमाउरो तरिकाले पोख्दै आएका थिए । उनले एक कार्यक्रममा भनेका थिए– आजभोलि हिरोहरु डेढ करोड लिनुपर्नेमा २० करोड डिमान्ड गर्छन् ।

उनको यो अभिव्यक्ति कार्तिक लक्षित हो भनेर धेरैले शंका गरेका थिए । किनभने कार्तिकलाई उनले पैसाकै कारण निकालेका थिए । रकम पनि यही घटनासँग मिल्दोजुल्दो थियो ।

रजत शर्मासँगको एक अन्तर्वार्तामा कार्तिकले करण जोहरसँगको चिसिएको सम्बन्धका बारेमा भनेका थिए, ‘कहिलेकाहीँ ठूलो र सानो मान्छेबीच यस्तो विवाद हुन्छ । यस्तोमा सानो मान्छे चुप बस्नुपर्छ । यो मेरो आमाले सिकाएको संस्कार हो । त्यही भएर म करणका बारेमा बोल्दिनँ ।’

कार्तिकको यस्तै लचकताले उनीहरुको सम्बन्ध सुधार आएको बुझिएको छ । अहिले उनीहरुको सम्बन्ध सुधार आएको करणले कार्तिकलाई दिएको शुभकामनाले पनि प्रष्ट हुन्छ । करणले कार्तिकलाई शुभकामनाले प्रष्ट भएको छ ।

केहीले करणसँग सम्बन्ध सुधार गरेर कार्तिकले आफ्नो करिअर जोगाएको बताएका छन् । जुन, धर्मा प्रोडक्सनले कार्तिकलाई नयाँ फिल्ममा लिएको जानकारी गराएको इन्स्टाग्राम पोस्टको कमेन्ट पनि देख्न सकिन्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १ : १७ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०