विपीनको रिहाइमा सहयोग गर्न कतारसँग नेपालको आग्रह « Khabarhub

विपीनको रिहाइमा सहयोग गर्न कतारसँग नेपालको आग्रह


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

प्यालेस्टाइनी लडाकु समूह हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरे ।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्रीसँगको भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदान प्रदान एवं उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १ : २१ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय