दुर्गा प्रसाईँका कार्यकर्ताको गिरफ्तारीमा राजेन्द्र लिङ्देनको आपत्ति | Khabarhub Khabarhub

दुर्गा प्रसाईँका कार्यकर्ताको गिरफ्तारीमा राजेन्द्र लिङ्देनको आपत्ति


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागीहरुलाई सरकारले धरपकड गर्नु मौलिक हकविपरीत कार्य भएको बताएका छन् ।

प्रहरीले शुक्रबार दुर्गा प्रसाईँका समर्थकहरुलाई तीनकुनेमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरेपछि लिङ्देनले आपत्ति जनाएका हुन् । साथै प्रसाईँलाई नजरबन्दमा राखिएको लिङ्देनको आरोप छ ।

अध्यक्ष लिङ्देन भन्छन्, ‘शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन् ।’

धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान ननिस्कने बताउँदै लिङ्देन भन्छन्, ‘सरकारले आफूलाई तत्काल सच्याओस् ।’

यो पनि…

तीनकुनेबाट शाही युवा शक्तिका अध्यक्ष खड्कासहित ५ जना पक्राउ

दुर्गा प्रसाईँले बल्खुमै कार्यक्रम गरे हुन्छ, तीनकुनेमा पाइँदैन : जिल्ला प्रशासन

दुर्गा प्रसाईँले भने- पूर्वअनुमति दिएर कार्यक्रम गर्न दिइएन

प्रचण्ड र ओलीको घर घेर्छौँ : दुर्गा प्रसाईँ

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : २३ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले